खुशीको खबर: आजदेखी लामोदूरीका सवारीसाधन चल्ने, सरकारले भर्खरै गर्यो यस्तो निर्णय

medianewskgabr// खुशीको खबर: आजदेखी लामोदूरीका सवारीसाधन चल्ने, शि*क्षण सं:स्था तथा मनोरञ्जनात्मक क्षेत्रको खो’ल्ने बारेमा पनि छलफल हुँदै
काठमाडौ। खुशीको खबर: आजदेखी लामोदूरीका सवारीसाधन चल्ने, शि*क्षण सं:स्था तथा मनोरञ्जनात्मक क्षेत्रको खो’ल्ने बारेमा पनि छलफल हुँदै

बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा उपत्यका भोलि सकिँदै छ। निषेधाज्ञाको शुरुआती चरणमा अत्याधिक कडाइ गरिए पनि महामारीको अवस्था हेरेर खुकुलो बनाउँदै गएको प्रशासनले साउन १ गतेदेखि लामोदूरीका सवारीसाधन समेत चल्न पाउने गरि निर्णय गर्ने बताइएको छ।

अघिल्लो सातादेखि स्वास्थ्य मापदण्ड अपनाएर उपत्यकाभित्र सवारी साधन चल्न दिइएको छ। अधिकांश पेशा, व्यवसायलाई पनि स्वास्थ्य मापदण्ड अपनाएर खोल्न दिइएको छ।

जनआस्थासँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भोलि प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर लामोदूरीका यातायात खुलाउने बिषयमा छलफल गरिने बताउनुभएको छ।

उहाँले भोलिको बैठकमा शिक्षण संस्था तथा मनोरञ्जनात्मक क्षेत्रको बारेमा थप छलफल भए पनि तत्काल खुल्न नसक्ने जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *