महेश बस्नेतले एक महिनापछि ओलि पुनः प्रधानमन्त्री बन्ने ठोकुवा गरेपछि नेपाली राजनीतिमा नयाँ तरंग

medianewskhabar // काठमाडौं । सर्वोच्च अदालतको फैसलावाट शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । उनले सानो मन्त्रीमण्डल विस्तार समेत गरिसकेका छन् । अब मन्त्रीमण्डल विस्तारको तयारीमा रहेका देउवाका अगाडी सरकारलाई निरन्तरता दिन अझै ठूलो चुनौती छ ।

उनले एक महिना भित्रै संसदवाट विश्वासको मत लिनुपर्छ ।नेकपा एमालेमा देखिएको विवाद समाधान भएर माधवकुमार नेपाल समुहले उनलाई साथ दिएन भने देउवाको प्रधानमन्त्री यात्रा टुं’गीन सक्ने सम्भावना पनि छ । यस्तो अवस्थामा नेकपा एमालेका युवा नेता महेश बस्नेतले एक महिनापछि फेरि केपी ओली सत्तामा पुनस्थापना हुन सक्ने दावी गरेका छन् ।

एक महिनाभित्र शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्न नसक्ने र फेरी ओली नै प्रधानमन्त्री हुने उनको दा’वी हो ।देउवाले विश्वासको मत लिन नसकेको अवस्थामा संसदमा ठूलो पार्टी भएको है’सियतमा ओलीले फेरी प्रधानमन्त्री दा’वी गर्न सक्ने बस्नेतको तर्क हो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गर्ने क्रममा बस्नेतले यस्तो बताएका हुन् ।उनले भने, ‘एक महिनापछि एमाले र जसपा मिलेर ७६ (५) को प्रधानमन्त्रीमा केपी ओलीले दावी गर्न पाउने कि नपाउने ?देउवाको दावीलाई मान्यता दिने अदालते एमाले र राजपाको दावीलाई मान्यता दिन्छ कि दिँदैन ’ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *