एमालेमा लागेका माओवादी फर्किन चाहे ठाँउ दिन सक्ने प्रचण्डको संकेत

Medianewskgar//काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेकपा एमालेमा लागेका पूर्वमाअ‍ोवादी नेताहरु पार्टीमा पर्कन चाहेमा अवस्था हेरेर निर्णय गर्ने बताएका छन्।

हालै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि रामबहादुर थापा, मणि थापा, टोप बहादुर रायमाझी लगायतको समूह एमालेमा लागेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन सर्वोच्च अदालतबाट सदर नभएपछि ओली पदमुक्त भएका छन। ओलीपक्षमा गएकाहरु समेत यो फैसलबाट अफ्ठरोमा परेका हुन।

एमालेमा गएका पूर्वमाओवादी फर्किन चाहे स्थान दिनुहुन्छ की हँदैन भन्ने प्रश्नमा प्रचण्डले भने, ”आउने प्रकृति कस्तो हुन्छ त्यसमा भर पर्छ, उहाँहरु साँच्चै रियलाइज गरेर आउने होकी अथवा फेरि फाइदा उठाउन मात्रै आउने हो की भन्ने कुरा हेरेर निर्धारित हुन्छ। अहिले नै ठोकुवा गरेर केहि पनि भन्न सकिन्न।”

देश निकै अंधकारमा फस्ने खतरा रहेकोमा सर्वोच्च अदालतको पछिल्लो फैसला जनताको पक्षमा आएको प्रचण्डको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *