सेलाएको दरबार ह’त्याकाण्ड २० वर्षपछि फेरि तात्यो, पूर्वराजा ज्ञानेन्द्रले दिए सरकारलाई यस्तो चुनौती

medianewskhavar // काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्`याका´ण्ड बारे छानबीन गर्न वर्तमान सरकारलाई चुनौती दिएका छन् । हत्`याका`ण्ड भएको २० बर्ष बितिसक्दा पनि आफुहरुले न्याय नपाएको पनि उनले बताएका छन ।

आफ्नै परिवारका सदस्यको हत्`याको आ`रोप प्रत्यक्ष–अ`प्रत्यक्ष रुपमा लाग्ने गरेको भन्दै उनले त्यसले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

उनले एक ट्विट गर्दै भनेका छन, ‘प्रत्यक्ष/परोक्ष विभिन्न भा´वभं´गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजु र उहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराले हामीलाई निकै मर्माहत तुल्याउने गर्छ ।’

हत्´याको छा`नबीन गर्ने अधिकार सत्तासिनहरुलाई हुने भन्दै उनले आफ्नो अनुकूलतामा बोल्दै हिंड्ने नेताहरुलाई चुनौतीको भाषामा भनेका छन् ,‘जनताको मत पाएका सत्तासिन व्यक्तिहरुलाई उहाँको हत्`याको छानबीन गर्ने पूर्ण अधिकार छ ।’

नारायणहिटी दरबार ह`त्या काण्`ड भएको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्`याका`ण्डको २० वर्षसम्म पनि सत्यतथ्य घट`ना सार्वजनिक हुन सकेको छैन ।

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गो`ली प्र`हार गरी ह´त्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *