इजरायल पठाउन साउनको पहिलो सातादेखि फारम खुलाउने विभागको तयारी

medianewskhabar // काठमाडौं । नेपाली कामदारलाई इजरायल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । वैदेशिक रोजगार विभागले उक्त तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारका अनुसार इजरायल पठाउनको लागि विभागले सबै तयारी पुरा गरिसकेको छ । उनका अनुसार विभागले अहिले परीक्षाको लागि प्रश्नपत्र, फारम लगाएतको डिजाइन विषयमा अन्तिम चरणमा छलफल गरिरहेको छ ।

सरकारले लामो समयदेखि इजरायलमा कामदार पठाउने विषयमा छलफल गरिरहेको छ । त्यसै अनुसार विभागले केही दिनमा सूचना निकाल्ने तयारी गरेको सुनवारले बताए । त्यसको लागि आवश्यक पर्ने वेबसाइट तयारी अवस्थामा रहेको छ । इजरायल जानको लागि विभागले सबै प्रकृया अनलाइनमा राख्ने र हेल्प डेक्स पनि सञ्चालन गर्ने तयारी गरेको छ ।

‘हामीले सकेसम्म साउनको पहिलो साता नत्र दोस्रो सात इजरायल जानको लागि फारम भर्ने काम सुरु गराउने छौं’ निर्देशक सुनुवारले भने, ‘अहिले सबै प्रकृया वेबसाइटबाट भर्न मिल्ने गरि तयारी गरेका छौं ।’ यो प्रकृयको हामीले सबै मापदण्ड तयारी गरिसकेका उनले बताए ।

विभागले बनाएको वेबसाइटबाट कसरी फारम भर्ने भन्ने विषयको भिडियोसमेत हाल्ने तयारी गरिएको निर्देशक सुनुवारले बताए । उनले अहिलेको विकसित टेक्नोलोजीलाई ध्यान दिएर सामान्य मानिसलेसमेत फारम भर्न सक्ने गरि वेबसाइट बनाएको जानकारी दिए । उनले माध्यमिक शिक्षाको पाठ्यक्रमलाई आधार मानेर अंग्रेजी भाषाको पनि परीक्षा लिने बताए । विभागले फारम भर्ने अवधि २१ दिनको राख्ने र तत्काल परीक्षा लिने तयारी गरेको छ । छनौटको प्रकृया सजिलो होस् भनेर डिजिटल प्रविधि अपनाइएको उनले बताए ।

एक हजारको हाराहारीमा इजरायल पठाउने तयारी गरेको सरकारले यो सबै प्रकृया विभाग मार्फत गर्ने छ । कुनै व्यक्ति वा कुनै म्यानपारले इजरायल पठाउने प्रकृयामा सहभागी जनाउन नपाउने निर्देशक सुनुवारले बताए । उनले भने, ‘केही माननीयहरुलेसमेत इजरायल पठाइदिन्छु भनेर पैसा उठाएको जानकारी आएको छ । म सबैलाई जानकारी गराउन चाहान्छु, इजरायल कामदार पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा विभागले मात्र सबै तयारी गर्छ ।’

यो सम्झौता नेपाल सरकार र इजरायली सरकारबीचमा भएको पनि उनले बताए । उनले विभिन्न माध्यमबाट पहिले इजरायल जाँदा केयर गिभरको रुपमा घरायसी काम गर्न जानेभएपनि यो पटक सरकारले पठाउने भएकाले केयर गिभर सेन्टरहरुका लागि मात्र पठाउने बताए । यो पटक सिएमए, अनमी तथा नेपाल सरकारको मान्यता प्राप्त संस्थाबाट तीन महिना केयर गिभरको तालिम लिएकोलाई मान्यता दिइनेछ ।

इजरायल कामदार पठाउने विषयमा अहिले एक हजारको संख्यामा मात्र पठाउने उनले बताए । उनले फेरि पनि हुन्छ, या अर्को पटक पनि इजरायल पठाउने वा नपठाउने भन्ने विषयमा इजरायल सरकारको माग अनुसार हुने बताए । अहिलेसम्म विभागले एक हजारको संख्यामा इजरायल पठाउने विषयमा मात्र तयारी गरेको पनि उनले बताए ।

इजरायलले अहिलेसम्म ७० प्रतिशत महिला र ३० प्रतिश पुरुष लैजाने विभागसँग सम्झौता भएको छ । इजरायल सरकारले आफूलाई शंका लागेको विषयमा परीक्षा लिने विषयबाहेक नेपालको तर्फबाट गर्ने सबै काम फाष्ट ट्रयकमा गर्ने उनले बताए । कोरोना संक्रमणले धेरै समस्या नभएको अवस्थामा छिट्टै कामदार इजरायल जानपाउने सुनुवारले बताए । नागरिक खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *