मलेसिया यात्रा धन्नै नसकिने खर्चिलो

medianewskhabar// काठमाडौं : मलेसियास्थित नेपाली दूतावासले कारोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले मलेसिया यात्रा गर्दा नेपालीको खर्च बढेको भन्दै सचेत गराएको छ । दूतावासको जानकारीमूलक कार्यक्रम फेसबुक लाइभमार्फत मलेसिया क्वारेन्टिन खर्च वापत लगभग ४ हजार रिंगिट करिब १ लाख २० हजार नेपाली अतिरिक्त खर्च हुने जानकारी दिएको छ ।

नेपालबाट जाने व्यक्तिको क्वारेन्टिनमा प्रशासनिक खर्च, खाना खर्च, कोभिड टेष्ट लगायतको खर्च हुने गरेको छ । दूतावासले कोरोना भाइरसको बढ्दो संक्रमणले नेपालबाट नयाँ कामदार जाने तत्काल कुनै सम्भावना नदेखिएको बताएको छ । मलेसिया सरकारले विदेशी कामदारहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेपनि यकिन जानकारी नआएको दूतावासल जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *