रअ र सिआइएबाट पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवाललाई आयो यस्तो कडा निर्देशन, अब के गर्लान् ?

medianewskhabar // काठमाडौँ l अर्जुन ज्ञवाली/अहिले नेपाली राजनीति सन् १८१६ को राष्ट्रघाती किर्ते सुगौली सन्धिपछिको संकटपूर्ण अवस्थामा रहेको छ । नेपाल विरोधीहरू अहिले छद्म रुपमा कोही हिन्दू धर्मको आवरणमा त कोही राजतन्त्र, त कोही बेबी किङको आवरणमा देखिएका छन् । यिनीहरू नै हिजो राजतन्त्र विस्थापन गर्न रअ र सिआइएको मिसनमा भूमिका निभाएका थिए ।

सुगौली सन्धिपछिको संकट
किर्ते सुगौली सन्धि जसमा तत्कालिन राजाले हस्ताक्षर गरेका छैनन् । यसकारण त्यो सन्धि नै नेपालीहरूको लागि मान्य छैन । गजराज मिश्र र चन्द्रशेखर उपाध्याय दाहालले गरेको त्यो राष्ट्रघातपछि घायल बनेको नेपाल पुनर्जीवित हुन नपाउँदै वि।सं। १९०३ मा ब्रिटिश फिरङ्गीहरूको आडमा कोतपर्वमार्फत् जंगबहादुर राणाले सुगौली सन्धि विरोधीहरूको हत्या गरे । जंगबहादुर राणाको उदय देशभक्तहरूको कत्लेआम गरेर सुगौली सन्धिलाई वैधानिकता दिने नाटक मञ्चन थियो ।

जसअन्तर्गत बाँके, बर्दिया, कैलाली कञ्चनपुर फिर्ता दिएको नाटक गरेर राजाले हस्ताक्षर नै नगरेको सुगौली सन्धिलाई गजराज मिश्र र चन्द्रशेखर उपाध्यायकै शैलीमा जंगबहादुरले भूमिका निभाए । यसकारण बम्बैमा चेली बेचेर धनी भएँ भन्नु र जंगबहादुर राणालाई राष्ट्रवादी भन्नेहरूमा तात्विक भिन्नता छैन । जंगबहादुरको त सर्वनास भयो तर उसले रोपेको विष नयाँ रुपमा अंकुरण हुन गयो । ततपश्चात् फिरङ्गी विरुद्ध लडेका नेपालीहरूलाई राणाहरूले गोरखा भर्ती केन्द्रमार्फत् ब्रिटिश सेनामा हालेर अर्को राष्ट्रघात गरे । यसर्थ वि।सं। १९०३ को कोतपर्वपछिको सेना पृथ्वीनारायण शाह, बहादुर शाह, मत्स्येन्द्रनाथ, गोरखनाथ, भैरवनाथ, भगवन्तनाथ, चन्दननाथको लिगेसीको सेना होइन । यो राणा नियन्त्रित ब्रिटिश र अहिले अमेरिका नियन्त्रित राष्ट्रसंघको शान्ति सेना हो ।

देशद्रोही राणाहरूका विरुद्ध प्रजापरिषद्को नेतृत्वमा टंकप्रसाद आचार्यले विद्रोह छेड्नुभयो । तर ब्रिटिश लिगेसीको गिरोहले टंकप्रसादलाई बाइपास गरेर बीपी कोइरालालाई अगाडि सार्दै २००७ सालमा दिल्ली सम्झौता गरे । ०७ सालमा परिवर्तन त भयो तर राज्यसत्ताको प्रमुख अंग सेना राणाहरूकै नियन्त्रणमा रह्यो ।

जनताको शक्तिमार्फत् राजा त्रिभुवनले राणासँग सम्बन्धविच्छेद गर्दै थिए । यसकारण स्व। राजा महेन्द्रले रत्नराज्यलक्ष्मी राणासँग विवाह गर्ने कुरामा त्रिभुवनले असहमति जनाए । पछिल्लो चरणमा नेपाल राष्ट्रलाई बचाउने कुरामा राजा महेन्द्रको ऐतिहासिक र अविष्मरणीय भूमिका रहँदा रहँदै पनि बाबु राजा त्रिभुवनको इच्छाविपरित रत्नलाई विवाह गर्नु ऐतिहासिक भूल थियो । त्रिभुवनले राणाहरूमा बाबु–छोरी, दाजु बहिनीबीच सहवास गर्ने पतित चरिचत्रका कारण र उनीहरूको पश्चिमासँगको सम्बन्धका कारण सम्बन्धविच्छेद गर्न खोजेका थिए । यो कुरा बुझ्न नसक्नु र राणालाई छोड्न नसक्नु महेन्द्रको सबैभन्दा ठूलो गल्ती थियो ।

यसैमा आफ्ना छोराहरूको विवाह पनि राणा परिवारमा गराएर राजा महेन्द्रले पारिवारिक घेराभित्रै गणतन्त्रको जग बसालेको भन्दा अत्युक्ति हुने छैन । महेन्द्रको मृत्युपछि राणाका छोरीहरूले दरबार कब्जा गरे । पछिल्लो चरणमा इसाई डोरबहादुर विष्ट र उनका छोरा कसाई मोहमद मोहसिन र मुसाई राणाहरूको योजनामा नयाँ शिक्षाको नाममा फिरङ्गीहरू प्रवेश गरे । नयाँ शिक्षाबाट नेपालमा हिन्दू राजतन्त्रको वैचारिक रुपमा अन्त्य भयो । यसकारण विरेन्द्र हुन् या बाध्यात्मक राजा भएका ज्ञानेन्द्र, हिन्दू राजा होइनन् । जसरी नेपाल एकीकरणको लिगेसी जंगेको कोतपर्वले प्रहार ग¥यो, धार्मिक साँस्कृतिक लिगेसी २०२८ को नयाँ शिक्षाले प्रहार ग¥यो ।

ततपश्चात् २०३३ सालमा गुठी साँट्ने बेच्ने कानुन ल्याएर मठ मन्दिर र गुरुकुललाई कमजोर बनाइयो । राणाका छोरीहरूले दरबार र सेना पूर्ण रुपमा कब्जा गरे । योगी नरहरिनाथलाई २०३४ सालमा जेल हालेर मार्ने प्रयत्न गरियो । २०५८ जेठ १९ सम्म आइपुग्दा विरेन्द्रको कत्लेआम गराइयो । कोतपर्वको समयमा राष्ट्रिय गद्दार जंगबहादुर राणा थिए भने ०५८ को समयमा अर्को राष्ट्रिय गद्दार प्रज्ज्वलसमशेर जबरा बने ।

दरबार हत्याकण्डपछि राजपरिषद्का सभापति डा। केशरजंग रायमाझीलाई भारतले राष्ट्रपतिको प्रस्ताव पठायो । त्यतिबेला भारतमा तथाकथित हिन्दू आवरणका भाजपाका प्रधानमन्त्री अटलबिहारी बाजपेयी थिए । यता रअप्रमुख पिके हर्मिज थाराकन, पूर्व प्रधानसेनापति धर्मपालबरसिंह थापाका ज्वाईं कर्णेल दिलिपसमशेर जबराको बिशालनगरको घरमा बसेर भूमिका निभाइहरेका थिए । रायमाझीले राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेपछि गणतन्त्र घोषणाका लागि राजपरिषद्बाटै बहुमत पु¥याउने प्रयत्न भयो । मतदान हुँदा भारत, अमेरिका र प्रज्वलसमशेर जबरासहितको सेना लाग्दा पनि बहुमत पुग्न सकेन । सभापति रायमाझीको पक्षमा ८० र विपक्षमा २० मत प¥यो र बहुमतले ज्ञानेन्द्रलाई राजा बनाउने निर्णय ग¥यो ।

यता सेनामा ओखलढुंगाबाट महेन्द्रले ल्याएका रुकमाङगद कटवाललाई रअले आफ्नो एजेन्ट बनाइसकेको थियो । कर्णेलबाटै अवकाश पाउन लागेका कटवाललाई रत्नराज्यलक्ष्मी राणा शाहले उमेर सच्याउन लगाएर बढुवा गराइएको कुरा विवेक शाहले खुलासा गरेका छन् । उनकै समयमा नेपालमा गणतन्त्र घोषणा भयो । सेनाबाट अवकाश भएपछि कटवावले आफूलाई माओवादी र दरबारबाट खतरार भएको भन्दै गिरिजाप्रसादकोमा राजदूत खान दौडिरहेका थिए । कोइरालाले यो रअको एजेन्ट बनिसकेकाले दरबारलाई पनि धोका दियो र हामीलाई पनि धोका दियो यसलाई बनाउन हुँदैन भनेपछि थन्किए । गणतन्त्र घोषणापूर्व बेबि किङको अमेरिकी र सिआइए एजेन्डा बोकेर कटवालले नाटक मञ्चन गरे । राजा ज्ञानेन्द्रले बेबी किङ अस्वीकार गरेपछि बाबुरामलाई कान्तिपुर टेलिभिजनको बहसमार्फत् साँस्कृतिक राजा राख्न सकिने कुरा सेना, रअ र अमेरिकनहरूले बोल्न लगाए । यी दुवै एजेन्डा अस्वीकार गरेर राजा ज्ञानेन्द्र तमाम कमी कमजोरीका बाबजुद राष्ट्रको पक्षमा उभिएको कुरा बिर्सनु हुँदैन ।

सन्दर्भ वर्तमानको
अहिले गणतन्त्र ल्याउने म हुँ भन्नेहरू रुकमाङगद कटवाल, पुष्पकमल दाहालदेखि बाबुराम भट्टराईसम्म विभिन्न रुप रङ्गमा राजतन्त्रको आवश्यकता देख्दैछन् । हिजो गणतन्त्र आफैंले ल्याएँ भन्नेहरूलाई अहिले राजतन्त्र किन आवश्यक प¥यो रु खासगरी दरबार हत्याकाण्ड र राजतन्त्रको विस्थापनपछि चीन विरोधी एकल केन्द्र निर्माण गर्ने सेना, भारत र अमेरिकी योजना विफल भएको छ । अर्कोतर्फ विगतमा कमजोर राजतन्त्रको छायाँमा सेना र विदेशीहरूलाई खेल्न जति सहज थियो राजतन्त्रको विस्थापनपछि आफ्नो स्पेश खोज्दै चीन मैदानमा आएपछि त्यसको अन्त्य भएको छ ।

यसकारण उनीहरूलाई इन्डो अमेरिकी मोडलको राजा चाहिएको छ । २०५८ जेठ १९ को दरबार हत्याकाण्डका मतियारमध्येका एक रुकमाङगद कटवालले प्राइम टिभीमा ऋषि धमलालाई अन्तर्वार्ता दिँदै फेरि बेबि किङको राजा ज्ञानेन्द्रले अस्वीकार गरेको बासी एजेन्डा आफ्ना मालिक रअ र सिआइएको निर्देशनमा व्यक्त गरेका छन् । चोरले केही न केही सबुद छोड्छ भनेजस्तै दरबार हत्याकाण्डका प्रधानसेनापति प्रज्वलसमशेर जबराको बचाउ गर्न कटवालले आफ्नो पुस्तकमा कुनै कसर बाँकी राखेका छैनन् ।

दरबारको सिफारिशमा उमेर सच्याएर सेनापति बनेका कटवाल भारतबाट नक्कली सर्टिफिकेट ल्याएर आफ्ना छोरालाई सेनामा भिœयाए । वर्तमान सेनापति पूर्णचन्द्र थापाले सर्टिफिकेट छानविन हुँदा आफूले बचाउन नसक्ने बताएपछि कर्णेल सहसेनानीबाट बाहिरिए । यसबाट स्पष्ट हुन्छ, रुकमाङगद कटवाल कतिसम्म निच र घटिया कर्म गर्न उद्दत रहेछन् । उनी प्रधानसेनापति हुने लाइनमा थिएनन् । तर, अमेरिका र भारतले नेपालको सर्वोच्च अदालतमा सेटिङ मिलाएर प्रदीप प्रतापवम मल्ललाई विवादमा ल्यायो । अदालतमा परेको मुद्दा रुकमाङगद कटवालले प्रधान सेनापतिको फुलि लगाएपछि मात्रै फैसला गरियो । यसरी दरबारको जुठो पुरो खाएको कटवाललाई योजनाबद्ध रुपमै रअ र सिआइएले सेटिङ गरेको थियो । यसको पुष्टि विवादास्पद एमसीसीको पक्षमा वक्तव्य जारी गरेर कटवालले निर्वस्त्र रुपमा आफू एजेन्ट भएको कुरा आफैंले प्रमाणित गरिदिए । दरबार हत्याकाण्डपछि गणतन्त्र घोषणा गर्ने र बहुराष्ट्रिय सेना ल्याउने योजना रायमाझी सहितको सुझबुझपूर्ण नेतृत्वका कारण असफल भएको थियो ।

प्रश्न हिन्दू राष्ट्रको
नेपालमा चीनको सशक्त उपस्थिति रहेको वर्तमान अवस्थामा नत दरबारहत्याकाण्ड गराउने सेनाको रक्षा कवचका लागि नाति राजा सम्भव छ, नत पुरानो मोडलको राजतन्त्र पुनस्र्थापना । प्रचण्ड, बाबुराम, सेना, शेरबहादुर, केपी ओली मात्रै होइन अमेरिका र भारत लागे पनि यो कुरा सम्भव छैन । वीरेन्द्रलाई नै चीनले कम्बोडिया या लाओस्को मोडलको राजतन्त्र सुझाएको थियो । योभन्दा बाहिर नेपालमा अब राजतन्त्रको कुनै पनि स्पेश छैन । वि।सं। २०५८ जेठ १९ को दरबार हत्याकाण्ड गराउने घेरामा राजतन्त्रको पुनस्र्थापना गर्नु भनेको देशलाई इन्डो अमेरिकी अखडा बनाउनु हो ।

भाजपाकै समयमा अटल बिहारी बाजपेयी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्ड गराउन संलग्न भारतले अहिले आर।एस।एस।मार्फत्को हिन्दू राष्ट्रको एजेन्डा नेपालमा हिन्दू राज्य स्थापना गर्न होइन चीन विरोधी धार्मिक व्यानरको आफ्नो नियन्त्रणको संगठन चाहन्छ । यसकारण रुकमाङगद कटवालदेखि राजा वीरेन्द्रको हत्या गर्न सहयोग गर्ने भाजपा नेतृत्व र आर।एस।एस। मार्फत् खेल्न खोजिहेका छन् ।

नेपालमा यो गिरोहको भण्डाफोर गर्न नेपाल एकीकरणको लिगेसी बोकेको पृथ्वीनारायण शाह, बहादुर शाह, मत्स्येन्द्रनाथ, भैरवनाथ, गोरखनाथ, चन्दननाथ, वैद्यनाथ, भगवन्तनाथ, नरिहरिनाथको धारा देशव्यापी रुपमा जागिसकेको छ । पशुपतिको मृगस्थलीमा रअका एजेन्ट र काँग्रेसी गुण्डाहरूलाई राखेर आदित्यनाथ देखाएर भ्रम दिन नखोज्दा हुन्छ । हिन्दू राष्ट्रको नेपाली एजेन्डा नेपाल एकीकरणको जगमा स्थापित हुन्छ ।

यसका लागि कोतपर्वको राणा लिगेसीको यो सेना विघटन नै गर्नु पर्दछ । २०२८ को नयाँ शिक्षाले जसरी राजतन्त्रको हिन्दू लिगेसी सकियो, ०५८ जेठ १९ को दरबार हत्याकाण्डपछि यो सेनाको औचित्य पनि समाप्त भएको छ । जसरी नयाँ शिक्षा राजतन्त्रको अन्त्य हो भन्दा पञ्च र मण्डलेहरूले योगी नरहरिनाथलाई बौलाहा भनेका थिए अहिले सेना बिघटन हुन्छ भन्दा पनि बौलाहा करार गर्नेहरूनिस्कने छन् । तर यो सेनाको विघटनलाई कसैले पनि रोक्न सक्दैन । जसरी कम्बोडियामा नरोद्दम सिंहानुकको विस्थापनपछि लोननोलले नेतृत्व गरेको सेना विघटन भयो, त्यसरी नै राणा नियन्त्रित इन्डो पश्चिमा नाममात्रको नेपाली सेना पनि विघटन हुने नै छ । जनतामा जनपथ प्रहरी छ भने सीमामा सशस्त्र प्रहरी । यो सेनाको वर्तमान अवस्थामा कुनै औचित्य छैन ।

निकास के हो ?
वर्तमान संविधानको संशोधन, धर्मनिरपेक्षता र संघीयताको खारेजी, पुरानो राजतन्त्रलाई कोतपर्वपछिको राजतन्त्रको लिगेसीलाई मटियामेट बनाएर लाओस् या कम्बोडिया मोडलमा सेटल गर्नु पर्दछ । यदि राजा ज्ञानेन्द्रलाई यो कुरा स्वीकार्य छैन भने दलाई लामाको विकल्पमा चीनले पञ्चन लामा खोजेजस्तै पृथ्वीनारायण शाहका असली उत्तराधिकारी विशाल नेपाल एकीकरण गर्ने बशादुर शाहका सन्तति पनि खोज्नुपर्ने हुन्छ । तर राणा लिगेसीको राजतन्त्र अब नेपाली जनतालाई कुनै पनि मोडलको स्वीकार्य छैन । सबैलाई चेतना भया । यो समाचार आजको ताजा खबर साप्ताहिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *