प्रधानमन्त्री देउवाले गरे यस्तो ऐतिहासिक निर्णय, सर्वत्र प्रशंसा

medianewskhabar // काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने ऐतिहासिक निर्णय गरेका छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा पार्टीका हरेक बैठक बालुवाटारमै हुने गरेका थिए ।

सरकारी स्रोतसाधनको दुरुपयोग गर्दै सरकारी निवासमै नेकपा र एमालेका बैठक हुने गरेपछि सर्वत्र आलोचना हुने गरेको थियो ।

देउवा प्रधानमन्त्री बनेपछि पार्टीका बैठक बालुवाटारमा नराख्न चर्चित युवा नेता तथा सांसद गगनकुमार थापा लगायत नेताहरूले खबरदारी गरेका थिए ।

पार्टीका नेताहरूको सुझावलाई मनन् गर्दै प्रधानमन्त्री देउवाले पार्टीका बैठक बालुवाटारमा नराख्ने ऐतिहासिक निर्णय गरेका नेता एनपी साउँदले जानकारी दिए ।

साउँदले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उत्कृष्ट निर्णय ! सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको ऐतिहासिक निर्णय, पार्टीका बैठक बालुवाटारमा नराख्ने । जय नेपाल !’

प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नराख्ने निर्णय गरेपछि सर्वत्र प्रशंसा हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *