हिन्दुराज्य माग्नेहरुलाई धोवी धुलाई गर्छु : आङकाजी सेर्पा

medianewskhabar // काठमाडौँ जनता समाजवादी पार्टी जसपाका केन्द्रीय सदस्य एवं नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव आङ काजी शेर्पाले बहुधार्मिक देश नेपालमा हिन्दुराज्यको माग गर्नेहरुलाई धोवी पिटाइ गर्छौ भन्दै हिन्दुराज्यका पक्षधरहरुलाई होशियार हुन चेतावनी दिएका छन् ।

साथै उनले धर्म निरपेक्ष आफुहरुको प्राण ,गणतन्त्र ज्यान र संघीयता पहिचान भएको समेत बताएका छन् । आफ्नो सामाजिक संजालमा एक छोटो कविता लेख्दै उनले यस्तो आक्रोश पोखेका हुन् ।

कविता पढ्नुहोस!: बहुधार्मिक देश नेपालमा हिन्दुराज्य माग्नेहरुको धोवी पिटाई ! हिन्दुराज्य माग्नेहरू होशियार !धर्मनिरपेक्ष हाम्रो प्राण होगणतन्त्र हाम्रो ज्यान हो !सङघीयता हाम्रो पहिचान हो´

Leave a Reply

Your email address will not be published. Required fields are marked *