ओलम्पिकः गौरिका सिंहले तोडिन् आफ्नै रेकर्ड !

medianewskhabaar // काठमान्डौ।  टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएकी छन् ।

बुधबार भएको महिला १०० मिटर फ्रि–स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १ः००ः११ मा पूरा गरिन् । उनले २०१९ मा बनाएको आफ्नै रेकर्ड तोडेकी हुन् ।

गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १ः००ः६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । हिट–१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।

२०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

ब्राजिलमा भएको ओलम्पिकको अघिल्लो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा कमाएकी गौरिकाले आफ्नो हिटमा प्रथम स्थान हासिल गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *