देउवा सरकारमा गोकर्ण विष्टले यति ठूलो मन्त्रालयको जिम्मेवारी सम्हाल्दैँ, भीम रावललाई पनि परराष्ट्रमन्त्रीको प्रस्ताव

medianewskhabaar //  काठमान्डौ।  नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष पनि नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागिता जनाउनका लागि नेपाल पक्षले आफू पक्षीय नेताहरुको नामावली बालुवाटार पठाईसकेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा पुगेको पत्रमा एमालेको तर्फबाट गोकर्ण विष्टलाई ठूलो मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले दाबी गरेको छ ।

बिष्टको नेतृत्वमा ६ जना सांसदहरुको नाम उल्लेख गरिएको छ ।

एमाले सचिव समेत रहेको विष्ट यसअघि केपी शर्मा ओलीको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए । कार्यसम्पादन राम्रो हुँदा हुँदै पनि उनलाई प्रचण्डको दबाबमा मन्त्रीबाट हटाइएको थियो ।

भीम रावललाई सरकारमा सहभागी हुन बारम्बार आग्रह गर्दा पनि नमानेपछि एमालले माधव समूहले विष्टको नेतृत्वमा सरकारमा पठाउन लागिएको हो ।

देउवाले रावललाई परराष्ट्र मन्त्रालय दिने बचन दिएका थिए । तर रावलले आफ्नो केही मागहरु रहेको र ती मागहरुका बारेमा सरकारको धारणा सार्वजनिक हुनपर्ने अडान राखेपछि थिए ।

उनले एमसीसीबारे सरकारको नीति के हो ? लिपुलेक लिम्पियाधुरा र कालापानीको विषय के हुन्छ ? भन्दै देउवालाई प्रश्न गरेका थिए । देउवाले यस विषयमा कुनैपनि जवाफ दिएका छैनन् ।

देउवा सरकारमा एमालेबाट विष्टसहित बेदुराम भुषाल, विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री र किसन श्रेष्ठ मन्त्री बन्दैछन् ।

उनीहरुलाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन् ।

तर नेताहरुले पार्टी एकताकै प्रयास भइरहेकाले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *