माओवादी अध्यक्ष प्रचण्डलाई यसरि फसाइयो !

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको हस्ताक्षर दुरुपयोग गरी भ्रमात्म प्रचार गरिएको छ । पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको हो ।

माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, अध्यक्ष प्रचण्डको नक्कली हस्ताक्षर राखी सिंगो पार्टीपंक्ति, पाँचदलीय गठबन्धन र आमजनसमुदायमा समेत भ्रम सिर्जना गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालमा मन्त्रिमण्डल विस्तार सम्बन्धमा भन्दै गलत सूचना प्रवाह गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

यस किसिमका किर्ते र झुट प्रचारको भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ। प्रविधिको प्रयोग गरेर भ्रम फैलाउने तत्वलाई कडा कारबाही गर्न पनि माओवादीले माग गरेको छ।

बिज्ञप्तिमा आज साँझ बसेको बैठकको निर्णय भन्दै साउन १३ गतेको मिति राखिएको छ । उक्त बिज्ञप्ति कसले जारी गरेको भन्ने खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *