कतारले लागु गरेको नयाँ नियमले नेपालीलाई थप १ लाख घाटा

medianewskhabar // काठमाडौं साउन : महँगो टिकटले मारमा परेका बैदेशिक रोजगारीमा जाने युवाहरु कतारले जारी गरेको नयाँ नियमले झनै मर्कामा पर्ने भएका छन् । कतार सरकारले खोप लगाएका यात्रु समेतलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियमले बैदेशिक रोजगारमा जाने युवाहरुलाई थप क्वारेन्टाइन खर्च बढ्ने भएको छ ।

कतारले पहिलो चरणमा २८ मेदेखि प्रतिबन्ध केही खुकुलो बनाइएको थियो । त्यस्तै ९ जुलाइदेखि सुरु भएको तेस्रो चरणको फुकुवामा थुप्रै क्षेत्रहरुमा सञ्चालन गर्न पाउने क्षमतामा वृद्धि गरिएको थियो।
त्यस्तै थिएटर र सौक (प्रसिद्ध बजार) जस्ता ठाउँहरुमा बालबालिकाहरुलाई पनि अनुमति दिइएको थियो। त्यसपछि पूर्णरुपमा खोप प्राप्त गरेका यात्रीहरुलाई क्वारेन्टाइनमा बस्नु नपर्ने भन्दै कतार प्रवेश गर्न दिइने भनिएको थियो।

तर शुक्रबार कतार सरकारले नयाँ सुचना जारी गर्दै पूर्णरुपमा खोप प्राप्त गरेका यात्रीहरुलाई समेत क्वारेन्टाइनमा बस्नु पर्ने नियम ल्याएको छ भने खोप नलगाएकालाई कतार प्रवेशमा रोक लगाएको छ ।

पछिल्ला दिनमा कतारमा दैनिक कोरोना संक्रमण बढ्दै गए संगै कतारले आफ्नो स्वास्थ्य मापदण्ड सहित नयाँ नियम जारी गरेको हो , जसको कारण नेपालबाट कतार रोजगारका लागि जाने नेपालिलाई थप आर्थिक भार बढ्ने देखिएको छ ।

कतार सरकारले खोप लगाएकालाई क्वारेन्टाइन बस्नु नपर्ने नियमले गर्दा रोजगारमा जाने नेपालीको खर्च कम हुने भएको थियो भने अब खोप लगाए पनि अनिवार्य क्वारेन्टाइनको जियमले कतारमा जाने नेपालीको क्वारेन्टाइन खर्च र होटेल खर्च बढ्ने भएको छ ।

कतारमा होटेल क्वारेन्टाइन खर्च अत्याधिक रहेको हुनाले समेत करिब एक लाखको हाराहारीमा (अनुमानित) नेपालबाट कतार जानेको खर्चमा वृद्धि हुने छ ।

यता एयरलाइन्सले टिकट बुकिङ्कै समयमा होटेल तथा क्वारेन्टाइन खर्च समेत जोड्ने हुनाले कतार जान सहज नहुने र महङ्गो हुने अनुमान गरिएको छ ।

नेपाल सरकारले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई नै लक्छित गरेर खोप कार्यक्रम समेत सुरु गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *