भीम रावललाई ओलीले संसदीय दलको नेता बनाउने आश्वासन दिएको खुलासा, अब एक बर्षपछि प्रधानमन्त्री बन्ने सपना अब

साउन १७ काठमान्डौ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गर्ने मुख्य भूमिका निर्बाह गरेका उपाध्यक्ष भीम रावल गएको असार २० गतेपछि पार्टी एकताको सबभन्दा चर्को कुरा गर्न थालेका छन् ।

ओली सरकारबिरुद्ध सत्तोसराप गर्ने नेत्तृत्व सम्हालेर पार्टीभित्र सरकारबिरोधी समूह निर्माणमा ठूलो भूमिका खेलेका नेता रावललाई असार २० पछि एकाएक पार्टी एकताको ब्रम्ह ज्ञान कसरी प्राप्त भयो भन्ने कुराको खुलासा भएको छ ।

२० असारमा ओलीलाई भेट्न बालुवाटार पुगेका रावलले संसदीय दलको नेताको आश्वासन पाएपछि एकाएक ‘युटर्न’ लिएको खुलासा भएको हो । उपाध्यक्ष रावलले आफ्नो भबिश्यबारे अध्यक्ष ओली गम्भीर भइदिने हो भने पार्टी एकता हुन सक्ने सन्देश पठाएपछि बालुवाटारबाट बोलावट भएको सूदूरपश्चिमकै ओलीनिकट नेताले जानकारी दिए । ‘रावल कमरेडले पार्टी एकताको लागि माधब नेपाल र कार्यदलसँग कुरा गरेर समय खेर फाल्नुभन्दा आफूसँग कुरा गरे छिटो निस्कर्ष निस्कने सन्देश पठाउनु भएको थियो ।’ ती नेताले भने ‘त्यसो हो भने कुरा गरौं न त भनेर अध्यक्षले बोलाउनु भएको हो ।’

अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई बोलाउनुअघि नै उनको भित्री चाहनाबारे अध्ययन गरेको उनी बताउँछन् । ‘रावल कमरेडसँग कुनै राजनीतिक मुद्धा र सैद्धान्तिक असहमति थिएन ।

खाली आफ्नो राजनीतिक भबिश्यको मात्र चिन्ता थियो ।’ उनी भन्छन् ‘उनको यही मनोबिज्ञानलाई बुझेर अध्यक्षले बोलाउनु भएको थियो ।’ अध्यक्षसँगको भेटमा नेता रावलले आफूले चाहेमा अदालतबाट हस्ताक्षर फिर्ता गर्ने र सूदूरपश्चिममा एमालेको सरकार बनाउन सकिने कुरा गरेका थिए । ‘तत्कालीन अबस्थामा प्रधानमन्त्री ओली बिपक्षी गठबन्धनको घेराबन्दीले थाकेको र गलेको महसुस गरेर रावल कमरेडले यो मौकालाई आफ्नो पक्षमा पार्ने योजना बनाउनु भएको रहेछ ।’ ओलीनिकट नेता भन्छन् ‘ओलीलाई यही बेला नै केही गुण लगाउने, संकटलाई शिथिल गर्ने र आफ्नो स्वार्थ पुरा गर्ने उहाँको चाहना रहेछ । उहाँ तातेकै बेला फलाम पिट्ने हो भन्ने मनस्थितिमा हुनुहुन्थ्यो ।’

नेपाली राजनीतिमा छक्का, पन्जा गर्नका लागि चाणक्य कहलिएका ओलीले पहिले रावलको कुरा सुने अनि उनको चाहनालाई सम्बोधन गर्न तत्परता देखाए झै गरेको उनले जानकारी दिए । ‘रावल कमरेडको कुरा सुनेपछि अध्यक्ष कमरेडले हस्ताक्षर फिर्ता गर्ने बाताबरण बनाउने हो भने संसदीय दलको नेता बनाउन सकिने फ्याट्ट प्रस्ताब गर्नुभयो ।’ उनी भन्छन् ‘यसले केहीबेर त रावल कमरेड पजल हुनुभयो ।’

कल्पनै नगरेको संसदीय दलको नेताको आश्वासन आएपछि उपाध्यक्ष रावल के भन्ने, के नभन्ने अबस्थामा पुगेको उनले बताए । ‘अध्यक्ष कमरेडले मैले नेत्तृत्व पुस्तान्तरणको बारेमा सोचिरहेको छु । अब अध्यक्ष, प्रधानमन्त्रीजस्ता पद दोस्रो पुस्तामा लैजाने मेरो सोच छ । तपाई, सुबास नेम्वाङ र बिष्णु पौडेलमध्ये एकलाई अबको संसदीय दलको नेता बनाउँछु । पार्टी एकतामा तपाईको भूमिका उल्लखनीय भयो भने सुबास र बिष्णुलाई कतै सेटल गरौला भन्नुभयो । यो सुनेर रावल कमरेड अत्यन्तै उत्साहित देखिनुभयो ।’ उनी भन्छन् ।

यसरी अध्यक्ष ओलीबाट संसदीय दलको नेताको आश्वासन पाएपछि उपाध्यक्ष रावलको सक्रियता एकाएक बढेको उनी बताउँछन् । तत्कालै नेता रावले अध्यक्ष ओलीसँग उनले कार्यदल बिउत्याउन आग्रह गरेको पनि उनले जानकारी दिए ।

रावलको आग्रह अनुसार अध्यक्ष ओलीले कार्यदल बिउत्याएको घोषणा पनि गरे । अध्यक्ष ओलीसँगको भेटपछि नेता रावलले बरिष्ठ नेता माधब नेपालसँगको सामिप्यतालाई कम गर्दै गएको देखिएको थियो । बिउतिएको कार्यदलमा पनि माधब नेपालको मूल एजेण्डा पावर शेयरिङबारे उपाध्यक्ष रावलले एजेण्डा नै नबनाएको कार्यदलका सदस्यले नै नेता नेपाललाई जानकारी गराएका थिए ।

आफ्नो तर्फबाट कार्यदलको संयोजक पाएका रावलले नै पावर शेयरिङलाई एजेण्डाका रुपमा प्रस्तुत नगरेको जानकारी पाएपछि बरिष्ठ नेता नेपालले रावललाई बोलाएर त्यो एजेण्डा समाबेश गर्न भने । तर रावलले नेता नेपालसँग सवाल–जबाफ गर्दै पावर शेयरिङ हाम्रो एजेण्डा नै नभएको बताएपछि नेता नेपाल चकित परेका थिए । ‘हाम्रो मूल माग भनेको जेठ २ मा फर्कनुपर्छ भन्ने हो ।

नेता नेपाललगायतका नेताहरुले अदालतको हस्ताक्षर कायमै रहेको बक्तब्य निकालेपछि रावलले अध्यक्ष ओलीसँग भेटेर माधब नेपालबारे बिष बमन गरेको ओलीनिकट सुदूरपश्चिमका नेताले जानकारी दिए
अध्यक्ष कमरेडलाई यसमा मैले नै जोड गरेर फर्कन तयार पारेको छु । फेरि तपाईले पावर शेयरिङको कुरा उठाएर अड्को थाप्ने काम गर्नु भएन भनेर रावल कमरेडले भनेपछि बरिष्ठ नेता तीनछक पर्नुभयो ।’ माधब नेपालनिकट एक नेता भन्नुहुन्छ ‘त्यसपछि उहाँले कार्यदलले के प्रतिबेदन दिन खोज्दै छ र यो के का लागि भइरहेको छ भनेर बुझ्नुभयो र कार्यदलका बारेमा सोच्नै छाड्नुभयो ।’

ओलीसँगको भेटपछि उपाध्यक्ष रावलले हस्ताक्षर फिर्ताका लागि बिभिन्न प्रयास गरे पनि सफल नभएको माधबनिकट साँसदहरुको भनाई छ । रावलले पार्टी एकता गर्नैपर्छ, एकता नभए सबै एउटै खाल्डोमा डुबिन्छ । अहिलेको अन्तरबिरोध दुई नेताहरुको ब्यक्तिगत ईगो मात्र हो । पार्टी एकताको लागि हस्ताक्षरले समस्या ल्याउने भयो भन्दै हस्ताक्षर गर्ने साँसदहरुको मनोबिज्ञान बुझ्ने प्रयास गरेका थिए । तर कोही पनि हस्ताक्षर फिर्ताका लागि तयार भएनन् ।

हस्ताक्षर फिर्ता नहुने देखेर नेता रावलले अध्यक्ष ओलीलाई प्रभाबित पार्ने गरी हतार–हतार पार्टी एकताको १० बुदे सहमति गरेर सार्बजनिक गरेका थिए । यसको मूल उद्धेश्य हस्ताक्षर फिर्ता भए सरह भयो भनेर सर्बोच्च अदालतलाई प्रभाबित गर्नुथियो । तर नेता नेपाललगायतका नेताहरुले अदालतको हस्ताक्षर कायमै रहेको बक्तब्य निकालेपछि रावलले अध्यक्ष ओलीसँग भेटेर माधब नेपालबारे बिष बमन गरेको ओलीनिकट सुदूरपश्चिमका नेताले जानकारी दिए । असार २८ गते सर्बोच्चले रिट निबेदकको माग सम्बोधन गरिदिएपछि भने रावल निकै चिन्तित देखिएको उनको भनाई छ ।

यसपछि उनले अध्यक्ष ओलीलाई भेटेर अब के गर्ने कमरेड भनेर दुखेसो गरेका थिए । ओलीले फेरि नेता रावललाई अर्को जिम्मेवारी सुम्पिएको उनले जानकारी दिए । ‘सर्बोच्चको फैसलापछि अध्यक्ष ओलीले माधब नेपालबाहेकको पार्टी एकता गर्ने जिम्मा रावल कमरेडलाई दिनुभएको छ । यो काम फत्ते गरेमा संसदीय दलको नेता दिने बचन पनि दोहो¥याउनु भएको छ ।’ उनले भने ।

अध्यक्ष कमरेडले अझ अगाडि बढेर संसदीय दलको नेता भए प्रधानमन्त्रीको संभाबनाका बारेमा पनि बिस्ताररुपमा आश्वासन दिनुभएको उनले जानकारी दिए । ‘पार्टी मिल्यो भने महन्थ र राजेन्द्रलाई मिलाएर एक बर्षपछि देउवा सरकारबिरुद्ध अबिश्वासको प्रस्ताब ल्याउने र सरकार ढाल्ने, अनि फेरि एमालेको नेत्तृत्वमा सरकार बनाउने । अहिले तपाई दलको नेता हुनुभयो भने प्रधानमन्त्रीको संभाबना छ भनेर अध्यक्षले भन्नुभएको छ ।’ उनी भन्छन् ‘चुनाबी सरकार एमालेको हुन सक्ने आकलनपछि रावल कमरेड निकै आशाबादी हुनुहुन्छ । अस्तिको राजीनामा यससँग पनि जोडिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *