काठमाडौंको बाफलमा फ्ल्याट भाडामा लिएर यस्तो लाजमर्दो धन्दा

काठमाडौं, साउन 21 । फ्ल्याट भाडामा लिएर वे श्या वृत्तिको धन्दा गराउने दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।मानव बे च बिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा काठमाडौँमा फ्ल्याट भाडामा लिएर बे श्या वृत्ति गराउने दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका ३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका ६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका ५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका ४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योती रहेका छन् ।

प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीका अनुसार उनीहरुले एक महिलालाई पर पुरुषहरुसँग शा री रिक सम्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जबरजस्ती ड र त्रा समा पारी १ महिनासम्म बे श्या वृत्तिमा लगाएका थिए । पछि उनीहरुबीच झगडा हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पीडित महिला उजुरी गर्न पुगेकी थिइन् ।

प्रवक्ता द्विवेदीका अनुसार काठमाडौँ जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले पक्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ थुनामा पठाइएको छ । उनीहरुलाई मा नव बे च बिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *