आजदेखि युएई खुल्यो, को को जान पाउँछन् ? के के छ मापदण्ड ? सम्पूर्ण जानकारी सहित

साउन 21 काठमाण्डौ – यूएईको आवासीय भिसा भएकाहरूको लागि यूएई सरकारले अगस्ट ५ देखि प्रवेश खुला गरेको छ । विभिन्न मापदण्ड र वर्ग छुट्टाएर यूएईले अगस्ट ५ देखि प्रवेश अनुमति दिने निर्णय गरेको हो । खोप लगाएका भ्यालिड रेसिडेन्सी भिसा

भएका नेपाली नागरिकसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति दिने निर्णय गरेको गल्फ न्युजले खबर लेखेको छ । यूएईको ‘जनरल सिभिल एभियसन अथोरिटी र नेशनल इमर्जेन्सी क्राइसीस् एण्ड डिसास्टर म्यानेजमेन्ट अथुरिटीले मंगलबार यस्तो निर्णय गरेको खबरमा उल्लेख छ ।

कस्ता व्यक्ति यूएई जान पाउछन् ? यूएई प्रवेश गर्नका लागि यूएईको आवासीय भिसा भएका र यूएईमा कोरोना विरुद्धको दुवै मात्रा खोप लगाई त्यसको प्रमाणपत्र लिएको हुनुपर्छ । आवासीय भिसा भएका तर खोप नलगाएका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूलाई पनि यूएईले प्रवेश अनुमति दिने भएको छ ।

यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका यूएईको सरकारी निकायमा कार्यरत व्यक्तिहरू, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरू, यूएईमा उपचार चलिरहेका व्यक्ति र विशेष मानवीय परिस्थिति भएका व्यक्तिहरूलाई प्रवेश अनुमति दिनेछ ।

यूएई प्रवेशका लागि गर्नुपर्ने प्रक्रिया सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ । यसको लागी नेपाल आउँदा भरेको सिसिएमसी फारम जस्तै अनलाईन फारम भर्नु पर्छ। फारम भर्न यहाँ क्लिक गर्नुहोस् ! ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।

नेपालको विमानस्थलमा र्‍यापीड टेस्ट हुनेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पीसीआर परीक्षण हुनेछ । क्वरेण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ । युएईमा मान्यता प्राप्त खोपहरु Gamaleya (Sputnik V) Janssen (Johnson & Johnson) Moderna Novavax Oxford Uni?AstraZeneca Pfizer?BioNTech Sinopharm

Leave a Reply

Your email address will not be published. Required fields are marked *