खुसीको खबर :यूएईले थप्यो आवासीय भिसा

साउन 27 काठमाडौं : यात्रा प्रतिवन्धका कारण विदेशमा रोकिएका आवासीय भिसावाहकहरुलाई यूएईले भिसा अवधि थप गरिदिने भएको छ । यूएईले आगामी डिसेम्बर ९ तारेखसम्मका लागि स्वचालित ‘अटोमेटिक’ रुपमा भिसा थप गर्ने खालिज टाइम्सले उल्लेख गरेको छ ।

यूएईले कोरोना भाइरस संक्रमणको कारण देखाउँदै अन्तर्राष्ट्रिय उडान रोकेपछि भारत लगायतका देशमा यूएईको आवासीय भिसा लिएका धेरै व्यक्ति रहेका छन् । रेसिडेन्ट भिसावाहक ६ महिनाभन्दा बढी समय विदेशमा बसेको भएपनि बिना शुल्क आफ्नो भिसा अपडेट गराएर युएई जान पाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *