कतार विश्वकपमा सुराक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन हुने

साउन २९ काठमाडौं l कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले नेपालका गृहमन्त्री रामबहादुर थापासँग भेटेर सुरक्षा गार्डका रूपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको र यसका लागि छुट्टै सम्झौता गर्न समेत कतार सरकार तयार रहेको बताएका थिए।

जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका थिए। गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि भेटवार्तामा आग्रह गरेका थिए ।

राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेको सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि निम्ता समेत गरेका छन्। खाडीमा रोजगार गुमेपछी नेपाल फर्किए चार लाख नेपाली

कुन देश बाट कती फर्किए सुची सहित् को’रोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् । १ वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८४७ जना फर्किएका को’भिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । तर यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन ।

केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन् । दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ । यूएईबाट १ लाख ४० हजार २१६ र कतारबाट १ लाख ५ हजार ७७४ जना फर्किएका हुन् । मलेसियाबाट ४८ हजार ४३५, साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारतबाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।

वैदेशिक रोजगार बोर्डले गत वर्ष खाडी र मलेसियामा को’रोनाका कारण ४ लाख ७ हजार कामदार प्रभावित भएको सार्वजनिक गरेको थियो । भारतसहित खाडी मुलुकमा ३१ लाख श्रमिक कार्यरत रहेको अध्ययनले देखाएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ५४ लाख ९६ हजार ४६० पुगेको छ । खाडी र मलेसियामा मात्रै १३ लाख ४८ हजार ८७२ जना कार्यरत रहेको तथ्यांक छ ।

सरकारले चालू आर्थिक वर्ष ७ लाखलाई रोजगारी दिने घोषणा गरेको थियो तर रोजगारी सिर्जना हुने कुनै कार्यक्रम अघि बढाइएको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई सय दिने रोजगारी दिने घोषणा गरिए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । अन्य रोजगारीका सिर्जनाका कुनै पनि पहल थालिएको छैन ।

श्रमविज्ञ डा. गणेश गुरुङ सरकारले रोजगारी सिर्जना गर्न ध्यान नदिएको बताउँछन् । को’भिडपछि धेरै भारतीय श्रमिक पलायन भएकाले उनीहरूको ठाउँमा विदेशबाट फर्केकालाई अवसर दिन ढिलाइ गर्न नहुने डा. गुरुङको सुझाव छ । ‘विदेशमा जे काम गरेको छ, यहाँ पनि त्यही प्रकृतिको काम दिनुपर्छ,’ उनी भन्छन् । को’भिडको दोस्रो लहरले वैदेशिक रोजगार तहसनहस हुन सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *