कुन बार कुन देवताको पुजा गर्दा फलिफाप हुन्छ ? पुरा जानकारी

साउन २९ काठमान्डौ/  शैंको नवरात्रभर माता दुर्गा भवानीका ९ स्वरुपहरुको पूजा अर्चना गरिने भए पनि अन्य कुन बार दुर्गा माताको पूजा गर्दा शुभ हुन्छ भन्ने विषयमा तपाईलाई थाहा नहुन सक्छ । हरेक शुक्रबार माता देवी दुर्गाको पूजा अर्चना गर्नाले सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ ।

भगवान शिवकी पत्नी सतीदेवी अर्थात पार्वतीलाई नै नवदुर्गाका नौ स्वरुप मानिन्छ । माता दुर्गाका ९ स्वरुप

१) शैलपुत्री: माता शैलपुत्रीलाई धनधान्य, एैश्वर्य, सौभाग्य, आरोग्य तथा मोक्षदाताकी देवीको रुपमा पूजा गरिन्छ ।

मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:।’

२) ब्रह्मचारिणी: नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्।

मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।’

३) चन्द्रघण्टा: विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा चन्द्रघण्टा पूजिन्छिन् ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।’

४) कूष्माण्डा: रोग, दोष, शोकको निवृत्ति तथा यश, बल व आयूको दाहिनेको रुपमा माता कूष्माण्डालाई पूज्ने गरिन्छ ।

५) स्कन्दमाता: सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नम:।’

६) कात्यायनी: माता कात्यायनी भय, रोग, शोक, संतापबाट मुक्ति तथा मोक्षदात्रीको रुपमा पुजिन्छिन ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।’

७) कालरात्रि: यीनको आराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ । शत्रुहरुको नाश, कृत्या बाधाबाट मुक्त गरेर साधकलाई सुख, शान्ति प्रदान गरी मोक्ष दिने गर्दछिन् ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।’

८) महागौरीः माता महागौरीको आराधनागर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ । यिनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असम्भव कार्य पूर्ण हुने विश्वास गरिन्छ ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।’

९) सिद्धिदात्री: माता सिद्धिदात्रीलाई मध्य कपालमा साधना गर्ने गरिन्छ । यिनको साधनाले सबै मनोकांक्षा तथा सिद्धि पुरा हुन्छ ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *