ओलीलाई सांसद चापागाईको सुझाव- जनयुद्धका होइन, झापा आन्दोलनका घाइतेको उपचार गर्नुहोस्

साउन ३१ काठमाडौं। माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाइँले ‘जनयुद्धका घाइतेले उपचार नपाए एमाले पार्टी कार्यालयमा आउनु उपचारको व्यवस्था गर्छु’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ती जनाएकी छन्।

शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद चापागाईले माओवादी जनयुद्धका घाइतेको नभई झापा आन्दोलनका घाइतेको चिन्ता गर्न सुझाव दिइन्।

त्यस्तै कांग्रेस संसद डा। डिला संग्रौलाले बेलायतमा आमरण अनशन बसिरहेका गोर्खा सैनिकको समस्या समाधानमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट पहल गर्नुपर्नेमा जोड दिइन्। त्यस्तै नेमकिपा सांसद प्रेम सुवालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितताले प्रतिष्ठानको मात्र नभइ कांग्रेस नेता वीपी कोइरालाको बदनाम भएको बताए।

त्यस्तै, नेकपा एमालेकी सांसद निरु पालले बिकासको नाममा बाह्य हस्तक्षेप स्वीकार्य नहुने भन्दै अमेरिकी सहयोग परियोजना ९एमसीसी० खारेजीको माग गरेकी छन्। शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद पालले एमसीसीमा रहेका प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन्।

पालले एमसीसीका विषयमा वर्तमान सरकारले राष्ट्रिय सहमति खोज्नुको कुनै औचित्य नरहेको बताइन्। एमसीसी परियोजनाले मागेको भू(भाग र अन्य संरचना कानूनी रुपमा हस्तान्तरण गर्न माग गरिएको उनको भनाइ छ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पती भएका योगमाया आयुर्वेद विश्वबिद्यालय बिधेयक र तथ्याङ बिधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक साउन ३२ गते बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *