अविवाहित देउवा सरकारका धनी मन्त्रीले गरे यति ठूलो घोषणा, चौतर्फी सुरुभयो प्रशंसा ! (भिडियो)

साउन ३१ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ नेपालका सीमित धनाड्यमध्ये पर्दछन् । शिक्षा, स्वास्थ्य, कृषि, जलविद्युत तथा घरजग्गा व्यवसायमा सफल उनी स्वास्थ्य राज्यमन्त्री भएपछि स्वार्थ बाझिने गरी नीतिगत निर्णय लिनसक्ने भन्दै विरोध भएको छ ।

तर, मन्त्री श्रेष्ठले आफ्नो जीवनकालमा कमाएको सम्पत्तिको ५० प्रतिशत हिस्सा ट्रष्ट बनाएर राज्यको सेवामा लगाउने बताएका छन् । जसबाट उनले मुनाफा नलिने र जनताको सेवामा मात्रै समर्पित गर्नुका साथै सम्पत्तिको दायित्व आफूसँग नरहने बताएका हुन् ।

बिहीबार इमेज च्यानलको हटसिट कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । कोरोना लागेपछि आफूले भोग्नुपरेको अवस्थाले आफ्नो विचार परिवर्तन भएको उनले बताए ।

५० वर्षअघि भोजपुरबाट आएका उनले आफ्नो सम्पत्ति २५(३० अर्बभन्दा बढी भएको बताएका छन् । ुकोरोना भएपछि म सेन्टिमेन्टल भएँ । मेरो आधा सम्पत्ति फाउण्डेशनमा राख्ने हो, जसले जनताको सेवा गर्नेछ, राज्यमन्त्री श्रेष्ठले भने ।

उनको धेरै लगानी घरजग्गामा छ । ठूलो विश्वविद्यालय बनाउने रहरमा ३० वर्षअघि जग्गा जोडेको उनले बताए । आफूले राज्यले प्राथमिकतामा राखेका क्षेत्रमा मात्रै लगानी गरेको उनको दाबी छ । आफूले ५० वर्ष निरन्तर लगानी मात्रै गरेको र त्यसबाट आम्दानी पनि गरेको बताउँदै अब लिनेभन्दा दिने काम बढी गर्ने प्रतिबद्धता राज्यमन्त्री श्रेष्ठले जनाए ।

पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका उनी ललितपुर हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक प्राइम कमर्शियल बैंकका मुख्य लगानीकर्ता हुन् । चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ । हाउजिङ तथा रियल स्टेटमा पनि उनको लगानी छ ।

उनले जलविद्युत क्षेत्रमा पनि लगानी गरेका छन् । पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष राज्यमन्त्री श्रेष्ठले बझाङको सानीगाड हाइड्रो पावर, कालङ्गा हाइड्रो, बुङ्गल हाइड्रो, रामेछापको भिजन इनर्जी र म्याग्दीको माउन्टेन इनर्जीमा पनि लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *