सुनको मूल्यमा वृद्धि , कतिमा हुँदैछ कारोबार ?हेर्नुहोस

साउन ३१ काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कोरोबार तोलामा ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार १ हजार रुपैयाँले बढेर तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज तोलाको ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार २ सय ५० रुपैयाँ थियो ।

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य २० आज रुपैयाँले बढेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *