लगानीकाे ठूलाे अवसर आयाे, ४ वटा कम्पनीका सेयरमा आजबाट आवेदन दिन सकिने

काठमाडौं l लगानीकाे ठूलाे अवसर आयाे, ४ वटा कम्पनीका सेयरमा आजबाट आवेदन दिन सकिने लगानी गर्न चाहनेहरुका लागि एउटा अवसर आएकाे छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीकाे स्वामित्वमा रहेकाे ४ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ ।

क्यापिटलले प्रभु बैंक लिमिटेडकाे ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

जसमध्ये, प्रभु बैंक लिमिटेडकाे मूल्य १८५ रूपैयाँ, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे मूल्य ४३७ रूपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४५५ रूपैयाँ र प्राइम कमर्सियल बैंक लिमिटेडकाे २०८ रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि भदाै २५ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । साे अवधि भित्र जाे सुकैले पनि आवेदन दिन सक्ने छन् ।

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *