मैलुङकाे सेयर सूचीकरणमा ढिलाई हुनुकाे कारण बाहिरियाे, भित्र यस्ताे गडबड, फेरी अर्काे समय दिईयाे

काठमाडौं l मैलुङकाे सेयर सूचीकरणमा ढिलाई हुनुकाे कारण बाहिरियाे, भित्र यस्ताे गडबड, फेरी अर्काे समय दिईयाे केही समय अघि आईपीओ खुला गरी सेयर सूचिकरणकाे तयारीमा रहेकाे मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएको शेयर सूचीकरणमा ढिलाई भैरहेको छ ।

कम्पनीले साउन १४ गते देखि निष्काशन गरेको शेयर साउन २६ गते बाँडफाँड गरेको थियो । कम्पनीले निष्काशन गरेको शेयर बाँडफाँट भएको दुई साता भन्दा धेरै भैसक्दा पनि अझै नेप्सेमा सूचीकृत भएको छैन् ।

शेयर रजिष्टार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भएको कम्पनीले जनाएको छ । कम्पनी सचीव लुमिना तुलाधारका अनुसार अब शेयर राजिष्टारको काम बिओके क्यापिटलले गर्नेछ । यस अघि कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको थियो ।

कम्पनी सचिव तुलाधारले अर्को साता भित्र शेयर सूचीकरण हुनेगरि तयारी भैरहेको जानकारी गराईन् । कम्पनीले साउन १४ बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको थियो ।

कम्पनीको शेयर ६८ हजार ४७४ जनालाई १० कित्ताका दरल पाउँदा त्यस मध्येकै ६ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर पाएका थिए । मेरोलगानीले लेखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *