अर्ब बराबरको ठूलाे आईपीओ आउँदै, त्याे पनि प्रिमियम मूल्यमा, कहिले भर्न मिल्छ ?

अर्ब बराबरको ठूलाे आईपीओ आउँदै, त्याे पनि प्रिमियम मूल्यमा, कहिले भर्न मिल्छ त ? रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले प्रिमियम मूल्यमा सवा अर्ब रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य जोडेर सर्वसाधारणबाट प्रतिकित्ता २१२ रुपैयाँ लिने गरी आईपीओ निष्काशन गर्न माग गर्दै यस अघिनै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छ ।

प्रति कित्ता सय रुपैयाँका दरले नै बिमा कम्पनीहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने गर्ने गरेकोमा रिलायवल लाइफले प्रिमियम मूल्यमा अनुमति माग गरेको हो । बोर्डबाट अुनुमति पाएपछि आईपीओ जारी गर्ने कम्पनीको तयारी छ ।

बोर्डले अनुमति दिए एक सय रुपैयाँमा आईपीओ किन्ने गरेका सर्वसाधारणले भने महंगो रुपैयाँ तिर्नु पर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

यसैगरी गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण रिलायबल नेपाल इन्स्योरेन्स लिमिटेडले सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा रिलायबलले गत आर्थिक बर्ष ५.३९ प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो। अघिल्लो आर्थिक बर्षको तुलानामा रिलायबलले सार्वजनिक गरेको अन डिटेड वित्तीय विवरणअनुसार गत आर्थिक बर्ष खुद मुनाफा १ करोड १६ लाखले बढेर २१ करोड ४३ लाख पुगेको छ।

चुक्ता पुंजी १ अर्ब ४० करोड छ भने रिलायबलको जगेडामा ८४ करोड ३५ लाख रहेको छ। जीवन बीमा कोष रिलायबलको २ अर्ब ५८ करोड पुगेको छ। नेट प्रिमियम ८८.०१ प्रतिशतले बढेर रिलायबलको २ अर्ब ९५ करोड पुगेको छ।

जुन अघिल्लो आर्थिक बर्ष १ अर्ब ५७ करोड थियो। त्यस्तै मुख्य आम्दानी नेट प्रिमियमको साथ साथै लगानी, कर्जा लगानी तथा अन्य माध्यमबाट रिलायबलले ३६ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ।

रिलायबलको गत आर्थिक बर्ष खुद दाबी १२३.६३ प्रतिशतले बढेर ६७ करोड ९८ लाख पुगेको छ भने रिलायबलको यस अवधिमा पोलिसी सङ्ख्या बढेर ३६ लाख ९ हजार ६७८ पुगेको छ। रिलायबलको यस अवधिमा प्रति सेयर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ९६ पैसा रहेको छ।

प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै रिलायबल नेपालले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा कम्पनीले आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।

सर्वसाधरणलाई ६० लाख कित्ता शेयर निष्काशन गर्नको लागि कम्पनीले अनुमति माग गरेको हो। हाल १ अर्ब ४० करोड रुपैयाँ छ भने कम्पनीको आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ। नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरिसकेकाे हुँदा चाँडै याे आईपीओ निष्काशन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *