एउटा धेरै राम्राे लघुवित्तकाे सेयरमा लगानी गर्ने अवसर आउँदै, तयार भएर बस्नुस है, मालामाल बनाउनेछ

एउटा धेरै राम्राे लघुवित्तकाे सेयरमा लगानी गर्ने अवसर आउँदै, तयार भएर बस्नुस है, मालामाल बनाउनेछ नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको १८ हजार कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मुल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न योग्य इच्छुक संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाहरुले भदौ २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले सनराइज बैंकको स्वामित्वमा रहेको १ लाख २२ हजार १८७ कित्ता संस्थापक सेयर भदौ १८ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको हो ।

न्युनतम मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोही व्यक्ति संगठित संस्थाहरुले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *