रामचन्द्र पौडेलको अर्को सपना पनि अधुरै, कोइरालाहरुले दिए यति कडा धक्का !

काठमान्डौ // रामचन्द्र पौडेलको अर्को सपना पनि अधुरै, कोइरालाहरुले दिए यति कडा धक्का ! १७ पटक प्रधानमन्त्री बन्ने प्रयासमा विफल नेपाली काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को सपना पनि अधुरै रहने संकेत देखिएको छ । उनले एक कार्यकाल पार्टीको नेतृत्व गर्ने इच्छा व्यक्त गरिरहेका बेला उनलाई ब्याक फायर हुने सम्भावना बढेको हो ।

उनले आफू पक्षीय हस्तीहरुलाई राखेर एक कार्यकाल सभापति बन्ने भन्दै साथ दिन आग्रह गरिरहेका छन् । पौडेलले आज अनुपम फुडल्यान्डमा महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई राखेर आफूलाई साझा उम्मेदवार मान्न आग्रह गरे ।

तर, पौडेलको पक्षमा तीनैजना नेता सहमति दिन तयार भएनन् । विश्वस्त स्रोतका अनुसार सशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालाले पौडेललाई ब्याक हुन आग्रह गरे । उनीहरुले बरु अर्को साझा उम्मेदवार तय गर्न भूमिका खेल्न आग्रह गरेका थिए ।

पौडेललाई यसअघिको महाधिवेशनमा पनि साथ दिएको भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले विकल्पमा जानुपर्नेमा जोड दिएका थिए । कोइरालाद्वयको भनाई पनि त्यस्तै रहेको छ । आज पौडेल पक्षमा सहमति नजुटेपछि वडा अधिवेशनपछि त्यसबारे सहमति खोज्ने टुंगो लागेको छ ।

एकढिक्का भएर वडा अधिवेशनमा आफूपक्षीय उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्ने सहमति भएको छ । अहिलेलाई सभापतिको साझा उम्मेदवारबारे च्याप्टर क्लोज गरेर पछि सहमति खोज्ने टुंगो लागेको बैठकमा सहभागी एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *