राति ३ बजे छाती दुखेर उठेका थिए सिद्धार्थ, आमाले पिलाएकि थिइन् पानी त्यसपछि के भयो ?

काठमाडौं ।राति ३ बजे छाती दुखेर उठेका थिए सिद्धार्थ, आमाले पिलाएकि थिइन् पानी चर्चित टिभी अभिनेता सिद्धार्थ शुक्लाको आज (बिहीबार) निधन भयो । उनको पार्थिव शरीर मुम्बईको कूपर हस्पिटलमा छ । सिद्धार्थको मृत्युको खबर अचानक बाहिर आएपछि बलिउड रोएको छ । सबैजना स्तब्ध छन् । निधनअघि सिद्धार्थलाई के भएको थियो ? आत्महत्या कि मृत्यु ? भन्ने सवाल धेरैको मनमा उठिरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सिद्धार्थ राति करिब ३ बजेतिर उठेका थिए । त्यतिबेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनी निकै बेचैनीमा थिए । उनले आफ्नी आमालाई यसबारे बताएका थिए । आमाले उनलाई पानी पिलाएर सुताएकी थिइन् । बिहान आमाले उनलाई उठाउन निकै कोसिस गरिन्, तर उनी उठेनन् । कुनै प्रतिक्रिया नजनाएपछि आमाले सिद्धार्थकि बहिनीलाई बोलाइन् र फ्यामिली डाक्टरलाई खबर गरिन् । त्यसपछि उनलाई कूपर अस्पताल लगियो, जहाँ डाक्टरले उनको निधन भएको पुष्टि गरे ।

सिद्धार्थको निधनको खबर सुनेर धेरै कलाकारहरुले शोक व्यक्त गरेका छन् । सलमान खान, अजय देवगन, अक्षय कुमार, विक्की कौशल, वरुण धवन लगायतका कलाकारले उनलाई सम्झिएका छन् । कलाकारहरु उनको घरमा समेत पुगेका छन् । सिद्धार्थले बालिका बधु, दिल से दिल तक जस्ता चर्चित टिभी शो मा काम गरेका थिए । उनले बिग बोस, झलक दिख लाजा जस्ता शो मा पनि काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *