सभापति बनेपछी व्यक्तिगत लगानीमा पार्टी कार्यालय बनाउने बोहराको घोषणा

बझाङ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकाको सभापति पदमा युवा राजनीतिज्ञ मानबहादुर बोहराले उम्मेद्वारी दिने भएका छन् । कांग्रेसको पालिका र नगर अधिवेशनको सरगर्मी बढेसँगै बोहराले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस भित्र वडा तहदेखि नै ुआधा युवा, आधा पाकाुको नीति लागू गरी युवा आकर्षण पाटी बनाउने उनको योजना छ । पाटी भित्र विधि र पद्धती स्वच्छता कायम गर्ने, सबैको आत्म सम्मान र सबै अट्ने कांग्रेस बनाउने भन्दै उनले वित्थडचिरमा गुट उपगुट रहित कांग्रेस बनाउँने बताए ।

उनले आफ्नो कार्यकालमा पालिकामा पाटीको कार्यालय भवन निर्माण गर्ने योजना रहेको सुनाए । बोहराले पाटीका सबै भातृ संघ संगठनलाई चुस्त दुरुस्त राख्ने बताए । आफूले आगामी निर्वाचनमा पाटीको उम्मेदवारलाई जीताउनेसमेत दाबी गरेका छन् । उनले आफ्नो पाटीबाट चुनावमा लड्ने उम्मेदवारले नजितेमा आफूले पाटी सभापतीबाट तुरुन्त राजीनामा दिने समेत बताए ।

वित्थडचिरको विकासको लागि युवा पुस्तालाई अग्रपंतिमा ल्याउन वित्थडचिर गाउँपालिकाको यहि भदौ २७ गते हुन गैरहेको अधिवेशनमा आफूले समग्र युवाहरुको प्रतिनिधित्व गर्दै गाउँपालिका सभापतिमा उम्मेदवारी दिने उनले बताए । निमार्ण व्यवसायीसमेत रहेका बोहरा कांग्रेसका विभिन्न भातृ संगठनमा काम गर्दै आएका छन् । विद्यार्थीकाल देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बोहरा युवाहरुमाझ लोकप्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *