Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
अर्काकी पत्नी भगाएर तेस्रो बिहे गर्नेलाई राष्ट्रपति भण्डारीले दिइन् आममाफी, जेलबाट छुटे – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

अर्काकी पत्नी भगाएर तेस्रो बिहे गर्नेलाई राष्ट्रपति भण्डारीले दिइन् आममाफी, जेलबाट छुटे

असोज ७ काठमाडौं – असोज ३ गते नेपालको संविधान घोषणा भएको दिन राष्ट्रपतिबाट हुने कैदीको आममाफीमा अनौठा घटना सार्वजनिक भइरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ वटा विवाह गरेका वडाध्यक्षलाई आममाफी पाएर जेलबाट छुटाएको पाइएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी पत्नीले राष्ट्रपतिबाट माफी पाएका छन् ।

बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाई २०७७ मंसिर २० गते दाङबाट पक्राउ परेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेको बेला आममाफी दिइएको छ ।

वडाध्यक्ष कुमाईले अर्काको पत्नी भगाएर तेस्रो विवाह गरेका हुन् । वडाध्यक्ष कुमाईले तेस्रो विवाह गरेकी भनिएकी महिला ग्वामी विष्टले पनि सँगै माफी पाएकी छन् ।

बहुविवाह गरेका वडाध्यक्षका दम्पतीसहित ७ जनालाई माफी दिइएको छ । संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ जनालाई कैद सजाय मिनाहा भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।

संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरुको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था छ । कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेका जिल्ला कारागार सल्यानले जानकारी दिएको छ ।

माफी पाउनेमा बहुविवाहका ५, कर्तव्य ज्यानका १ र हातहतियार मुद्दाका १ रहेका जेलर बलबहादुर केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.