Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
इन्टरनेट कम्पनीलाई कुलमानले दिए यस्तो कडा चेतावनी, इन्टरनेट कम्पनी त’ना’वमा – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

इन्टरनेट कम्पनीलाई कुलमानले दिए यस्तो कडा चेतावनी, इन्टरनेट कम्पनी त’ना’वमा

असोज ७ काठमाँडौ –इन्टरनेट कम्पनीलाई कुलमानले दिए यस्तो कडा चेतावनी, इन्टरनेट कम्पनी त’ना’वमा विद्युत् प्राधिकरणले बिजुलीका पोलको भाडादर बढाएपछि इन्टरनेटको मूल्य बढाउने तयारीमा रहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पाँच वर्षदेखि विद्युत् प्राधिकरणलाई भाडा नै नतिरेको पाइएको छ ।

लामो समयदेखि भाडा नतिरेपछि गत वर्ष नै प्राधिकरणले पोलको भाडादर तोकिदिएको थियो । तर, हालसम्म कुनै पनि इन्टरनेट कम्पनीले बिजुलीका पोल प्रयोग गरेबापतको भाडादर बुझाएका छैनन् ।

नाफामा रहेका कम्पनीहरूले समेत भाडा नतिरेपछि उनीहरूमाथि कडाइ गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले अझै केही दिनभित्र इन्टरनेट कम्पनीहरूले प्राधिकरणलाई भाडा नबुझाए बिजुलीको पोलमा टाँगिएका इन्टरनेटका तारहरू काटिदिने बताए ।

‘अहिले सबै इन्टरनेट कम्पनीहरू फाइदामा छन्। सेवाग्राहीबाट चर्को मूल्य असुलिरहेका छन् । वर्षमा अर्बौँ नाफा उनीहरूले गरेका छन्, तर बिजुलीका पोलको भाडा नै तिरेका छैनन् । अझै पनि भाडा तिर्न नआए इन्टरनेटको तार काटिदिन्छौँ,’ उनले भने ।

घिसिङले इन्टरनेट व्यवसाय पछिल्लो समय धेरै फस्टाएको भन्दै उनीहरूलाई कुनै सहुलियत दिन आवश्यक नरहेको बताए । उनका अनुसार अहिलेसम्म कुनै पनि कम्पनीले भाडा तिर्न आएका छैनन् । यसअघि प्राधिकरणले भाडा माग गरे पनि उनीहरूले अटेर गर्दै आइरहेका थिए ।

लामो समयसम्म भाडा नतिरेपछि गत वर्ष अर्थ मन्त्रालयका सहसचिव, दूरसञ्चार प्राधिकरणका अध्यक्ष, सञ्चार मन्त्रालयका सहसचिव, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, इन्टरनेट सेवा प्रदायक संघका अध्यक्षलगायतबीच भाडा बढाउने निर्णय भएको थियो । यसअघि प्राधिकरणले दुई सय पाँच रुपैयाँ भाडा तोकेको थियो ।

तर, उक्त भाडा कसैले पनि नतिरेपछि गत वर्ष भाडादर बढाइएको थियो। भाडादर बढाए पनि इन्टरनेट कम्पनीहरूले भाडा तिरेका छैनन् । प्राधिकरणले अब प्रतिपोल सात सय ५० रुपैयाँ भाडा तोकेको छ ।

विद्युत् प्राधिकरणको ट्रान्समिसन टावरसँगै राखिएको अप्टिकल फाइबरको भाडादर वार्षिक १४ हजार ६ सय रहेकोमा अहिले ३२ हजार निर्धारण गरिएको छ । निर्णय भए पनि हालसम्म कसैले भाडा नतिरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले इन्टरनेटका तारहरू धेरै भएकोले पोल भद्रगोल देखिएको भन्दै व्यवस्थित गर्न आग्रहसमेत गरेको छ । कतिपय इन्टरनेट कम्पनीले काम नलाग्ने पुराना तारसमेत पोलबाट ननिकाल्दा भद्रगोल बनेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उनले भने, ‘विद्युत् प्राधिकरणको तारले मात्रै सहरलाई कुरूप बनाइरहेका छैन ।

Leave a Reply

Your email address will not be published.