Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
काठमाडौका घरभेटीका लागि प्रहरीले जारी गर्यो यस्तो सूचना – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

काठमाडौका घरभेटीका लागि प्रहरीले जारी गर्यो यस्तो सूचना

असोज ८ काठमाडौं । चाडपर्व नजिकिएसँगै प्रहरी सकृयता पनि बढेको छ । काठमाडौमा सर्वसाधारणको चहल पहल छ भने सवारी साधन पनि भरीभराउ छन् । दशैं तिहार छड लगायतका हिन्दुहरुले मान्ने ठूला चाड पर्व नजिकीएका कारण काठमाडौमा बसेकाहरु घर फर्कन थालेका छन् ।

विदेशमा रहेका नेपालीहरु पनि घर फर्किएका कारण विमानस्थलमा पनि अत्याधिक चाप छ । प्रहरीले चाडपर्वको समयमा हुन सक्ने गैरकानुनी काममा नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ ।

चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक/पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ ।

सूचना हेर्नुस् –

Leave a Reply

Your email address will not be published.