Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
कतारमा निशुल्क हवाई टिकटसहित २५५ कर्मचारी माग, मासिक तलब यति धेरै ? – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

कतारमा निशुल्क हवाई टिकटसहित २५५ कर्मचारी माग, मासिक तलब यति धेरै ?

असोज ८ काठमाडौ । कतारको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको CONTRUCTION DEVELOPMENT COMPANY LLC कम्पनीले २५५ जना पुरुष नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।

कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । कामदारले तलब खान बस्ने सहित ३५ हजारदेखि ५४ हजार माथि पाउनेछन् । इच्छुक कामदारले आशा ईन्टरनेशनल प्रा.लि. कान्तिमार्ग महाराजगंज काठमाडौंमा असोज १४ गते अन्तरवार्ता दिनु पर्नेछ । स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

ओमानले माग्यो आकर्षक तलबसहित नेपाली कामदार

ओमानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । ओमानको मुस्काट सहरमा रहेको रेहाम इनटरनेशनल एसपिसि कम्पनीले १३ जना नेपाली पुरुष कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३६ हजार माथिदेखि ७६ हजार माथि पाउनेछन् । इच्छुक कामदारले अश्लेषा इनटरनेशनल प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा असोज १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

Leave a Reply

Your email address will not be published.