Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
अमेरिकाको कामदार भिसाको कोटा नपुग्नेभएपछि दोश्रोपटक लोटरीमार्फत छानियो आवेदक – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

अमेरिकाको कामदार भिसाको कोटा नपुग्नेभएपछि दोश्रोपटक लोटरीमार्फत छानियो आवेदक

असोज ८ काठमाडौं। आर्थिक बर्ष २०२२ का लागि जारी गर्नका लागि तय गरिएको कामदार भिसा एचवानबीको संख्या नपुग्ने देखिएपछि अमेरिकी सरकारको युएससीआइएसले दोश्रोपटक लोटरीमाफर्त आवेदक छनौट गरेको छ । गत मार्चमा अनलाइनमार्फत दर्ता गराएका र पहिलो लोटरीमा छनौट नभएकाहरुमध्येबाट दोश्रोपटक लोटरी गरेर आवेदकहरु छनौट गरिएको हो । बुधबार यसरी लोटरीमार्फत आवेदकहरु छनौट गरिएको बताएपनि युएससीआईएसले कतिजना

छनौट गरियो भन्नेबारे भने केही खुलाएको छैन । बुधबारको लोटरीमार्फत छनौट भएकाहरुले अनलाइनमा नोटिफिकेशन प्राप्त गर्नेछन् । उनीहरुले अगस्त २ देखि नोभेम्बर ३ सम्म भिसाका लागि पूर्ण आवेदन फाइल गर्नुपर्ने जनाइएको छ । छनौट भएकाहरुले माइ युएससीआईएस एकाउन्टमा अपडेट प्राप्त गर्नेछन्, जसमा छनौट भएको सुचना समेत हुनेछ । उक्त सुचनामा कहिले र कहाँ भिसाका लागि पूर्ण आवेदन फाइल गर्ने भन्ने सम्पूर्ण विवरण उल्लेख गरिएको हुनेछ । लोटरीमार्फत छनौट भएकाहरुले आवेदन सही सर्भिस सेन्टरमा तोकिएको मितिभित्र आवेदन पठाइसक्नुपर्नेछ ।

एचवान बी भिसाका लागि अनलाइन फाइल गर्ने सुविधा उपलब्ध छैन । आवेदकले कागजमार्फत फाइल गर्नुपर्नेछ भने लोटरीमार्फत छनौट भएको सुचना र प्रिन्ट गरिएको आवेदनको पूर्ण प्रतिसहित अन्य कागजातहरु हुलाकमार्फत पठाउनुपर्नेछ । बुधबारको लोटरीबाट छनौट भएकाहरु आवेदन दिनका लागिमात्र योग्य भएकाहरु हुन्, उनीहरुको एचवान बी भिसा स्वीकृत भएको होइन । हरेक बर्षको मार्चतिर एचवानबी भिसाका लागि अनलाइनमार्फत दर्ता गर्ने अवधि खुला हुन्छ । गतमार्चमा सोही अवधिमा दर्ता भएकाहरुमध्येबाट पहिलो लोटरीबाट योग्य आवेदकहरु छनौट गरिएको थियो । उनीहरुले अप्रिल १ देखि जुन ३० सम्म भिसाका लागि पूर्ण आवेदन फाइल गरेका थिए ।

Leave a Reply

Your email address will not be published.