Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
राष्ट्रवादी मोर्चाका संयोजकसग राजा ज्ञानेन्द्र शाहको गोप्य भेटघाट – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

राष्ट्रवादी मोर्चाका संयोजकसग राजा ज्ञानेन्द्र शाहको गोप्य भेटघाट

असोज ८ काठमाडौं। राजा ज्ञानेन्द्र शाह तथा परिवारका लागि गुड फ्राइडेको आयोजना गर्नुभएका राष्ट्रवादी मोर्चाका संयोजक सिनेट श्रेष्ठले स्वागतमा सांगीतिक कार्यक्रमको समेत व्यवस्था गर्नुभएको थियो । संयोजक श्रेष्ठले काठमाण्डौबाटै सांगीतिक टोली मगाउनु भएको थियो । भेटघाट कार्यक्रम पश्चात शुरु भएको सांगीतिक कार्यक्रममा राजा शाह झण्डै ४५ मिनेट बस्नु भएको सहभागी उपसंयोजक महिनानारायण चौधरीले बताउनुभयो ।

सांगीतिक व्याण्डले अधिकांश गीत र सगीत राष्ट्रिय भावनाबाट ओतप्रोत भएकै पस्किएका थिए । गीत र संगीत चलिरहँदा पूर्व राजा शाहले घरी ताली पिट्ने, घरी मुन्टो हल्लाउने गरेर गीत संगीतको रसास्वादन लिनु भएको चौधरीले बताउनुभयो । त्यसबेला रातको झण्डै एक बजिसकेको थियो र साथमा आउनु भएका परिवारका सदस्यहरुलाई निन्द्रा लाग्न थालेको जानकारी स्वकीय सचिवले दिएपछि राजा शाह उठेर आफै खाना लिनु भएको थियो ।

मोर्चा संयोजक राजाबीचको कुराकानी-गुडफ्राइडे कार्यक्रममा आयोजक एवम् राष्ट्रवादी मोर्चाका संयोजक सिनेट श्रेष्ठ र राजा ज्ञानेन्द्र शाहबीचमा लामो कुराकानी भएको थियो । धरान साप्ताहिकसँगको फोन वार्तामा संयोजक श्रेष्ठले राजा शाहले मुलुकको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता लिएको बताउनुभयो । देशको अवस्थाले मलाई दुःखी बनाएको छ, जनताले गरेको विश्वासमा संकट परेको छ र आपूmले जनताको नासो जनतामा सहजढंगले फिर्ता गरेपनि दलहरुले जनताको विश्वासमा विश्वासघात गरेको भन्दै राजाले दुःख व्यक्त गर्नुभयो ।

श्रेष्ठले राजा शाहको भनाई उद्यृत गर्दै भन्नुभयो, मैले अहिलेको संकटबाट नेपाली जनताले चाडै मुक्ति पाउने छन् भन्ने विश्वास लिएको छु । श्रेष्ठले भन्नुभयो राजा शाहमा एक प्रकारको वेग्लै आत्म विश्वास देखें । बारम्बार उहाँले मुलुकको वर्तमान अवस्थाप्रति आफै भलिभाँति जानकारी रहेको र त्यसको निराकरण पनि हुने बताउनु भएको थियो ।

थप के के वार्ता भयो त भन्ने सवालमा श्रेष्ठले सबै कुरा खुलाउन चाहनु भएन । पटक–पटकको आग्रहमा उहाँले भन्नुभयो मुलुकको अवस्थाप्रति चिन्तित होइबक्सन्छ । रातको १ः३० बजे दमक प्रस्थानरात निक्कै छिपिइसकेको थियो तर पूर्व राजामा आराम गर्नुपर्छ भन्ने महसुस पटक्कै देखिएको थिएन, एक सहभागीले भने । सँगै आउनु भएका परिवारका सदस्यहरुमा निन्द्राको भान देखिन्थ्यो । परिवारकै आग्रहका कारण उहाँ फर्कन तयार हुनुभयो । रातको १ः३० बजे गुडफाइडे कार्यक्रमका आयोजक सिनेट श्रेष्ठ दम्पत्तिले पूर्व राजासहित राजपरिवारका सदस्यहरुको विदाई गर्नुभएको थियो । उहाँको विदाइसँगै पूर्व मन्त्री रामकुमार सुब्बा, बद्री मण्डल पनि फर्कनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.