Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
युएईमा हुने नेपालीलाई आयो खुसीको खबर – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

युएईमा हुने नेपालीलाई आयो खुसीको खबर

असोज ८ काठमाडौँ — दुवई पर्चेजिङ म्यानेजर इण्डेक्स (पीएमआई) को रिपोर्टले यूएईमा विगत २० महिनाको अवधिमा तेल बाहेकको क्षेत्रमा रोजगारीको माग बढी रहेको अवस्थामा युएईमा रहेका नेपाली कामदारको तलब वृद्धि हुने खबरले अहिले नेपालीहरु उत्साहित बनेका छन् । युएईले आप्रवासी अ दक्ष श्र मिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताए अनुसार युएईले कामदारको तलब हेरफेर गर्ने भएको हो ।

प्रशासनिक विकास, श्र म तथा सामाजिक मा मिला मन्त्रालयले खाना र बस्नेबाहेक श्र मिकको न्यूनतम तलबमा हे रफेर गर्ने भएको बताइएको छ । यो घ रेलु का मदारको हकमा समेत लागू हुनेछ । तर युएई सरकारले कहिले देखि र कति तलब वृद्धि गर्ने भन्ने कुरा अझै खुलाएको छैन ।
उक्त तलबलाई वृद्धि गर्ने कुरामा युएइ सरकार सकारात्मक भएको भनिएको छ ।अन्तरास्ट्रिय मिडिया अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।

खाडीका ६ देशमध्ये युएइले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको आएको छ ।
यो तलब युएईमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरिने समेत बताएको छ ।एक्सपो २०२० को तयारी गरिरहेको युएइलाई को रोनाले गर्दा केही पछाडी धकेले पनि युएईले सबै भन्दा धेरै कोरोनाको खोप लगाएको छ भने युएइ भित्र कुनै किसिमको लकडाउन भने छैन ।

तर युएइले भने अन्य देशबाट प्रवेशमा रोक लगाउदै आएको छ । यता एक्स्पो को लागि पनि युएइले तलब वृद्धि गर्ने कुरा सत्य भएको जानकारीहरु बताउदै आएका छन् ।मिनि युरोपको नामले चिनिने युएई र दुबईमा धेरै नेपाली कामदारहरु कार्यरत रहेका छन् । घरेली कामदार संगै ड्राइभर, सेक्युरिटी गार्ड, क्लिनिङ र निर्माण कम्पनीमा उलेख्य नेपालीहरु कार्यरत रहेका छन् ।भने नेपालको प्रमुख सहज गन्तब्यको रुपमा समेत युएइअलाई लिइन्छ ।

Leave a Reply

Your email address will not be published.