Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
एउटा यस्तो अनौठो जोडी जो मागेरै १२ वर्षदेखि गुजारा चलाउदै आएका छन् (भिडियो हेर्नुस्) – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

एउटा यस्तो अनौठो जोडी जो मागेरै १२ वर्षदेखि गुजारा चलाउदै आएका छन् (भिडियो हेर्नुस्)

असोज ९ काठमाडौं। काठमाडौको बौद्ध बस्दै आएका सागर लामा र उनकी पत्नी रिम्छिङ लामाको अहिले निकै बि जोग अवस्था छ ।विवाह गरेको लगभग २० वर्ष भयो ।एकाअर्कालाई साथ दिने कसम खाएका थिए उनीहरुले र त्यो कसम पत्नी रिम्छीङले पति अपांग हुँदा निकै मजाले निभाइ रहेकी छिन् ।

सगरको खुट्टामा किला गाढिएपछी उनले आफ्नो खुट्टा काटेर फाल्नु परेको थियो ।त्यसपछि उनिसंग उपचार गर्न सक्ने खर्च भएर र उनी अपांग भएर बस्नै पर्ने भयो ।उनको सुखदुःख हरेक ठाउँमा उनकी पत्नीले साथ दिदै आएकी छिन् ।

सागरको यस्तो हालत भएको करीब १२ वर्ष भएको छ र उनी आफ्नो गुजारा गर्न बुढीसंगै बाटोमा बसी मागेर खाने गर्दछन् ।सागरको २ जना श्रीमती हुन् र पहिलो श्रीमती पटि १ छोरा र १ छोरी छन् भने यता रिम्छिङपटि कुनै छोराछोरी छैनन् ।

यसरी दुख पाएर मागी खाइरहेका यस जोडीको दयनीय अवस्था छ र सागर अझैपनी हातले गर्न सक्ने काम मिल्यो भने आफू गर्ने भन्दै अगाडि बढ्द छन् ।उनलाई आफू अपांग भएपनी श्रीमतीलाई सुख दिन चाहिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published.