Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा

असोज ११ काठमाडौ। विराटनगर विमानस्थलमा अवतरण हुन नसकेर पुनः काठमाडौं नै फर्किएको बुद्ध एयरको जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ। विमान सकुशल अवतरण भएसँगै ठूलो दुर्घटना टरेको छ।

ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज अवतरण हुन सकेको थिएन। त्यसपछि उक्त ७३ यात्रु सवार जहाज पुनः काठमाडौं नै फर्किएको थियो। काठमाडौं फर्किँदासम्म पनि विमानको समस्यामा सुधार नआएपछि विमान काठमाडौंकै आकाशमा घुमिरहेको थियो।

सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको एउटा पांग्रा नखुलेका कारण अवतरण हुन सकेन र केही समय ‘झन्डै २ घण्टा’ आकाशमै होल्ड हुन परेको थियो।

काठमाडौं आएपछि आकाशमा झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। यसरी बुद्ध एयरको जहाज आज ठूलो दुर्घटनाबाट बचेको छ भने ७३ यात्रुको जीवन सुरक्षित बनेको छ।

यात्रुको अनुभव
बुद्ध एयर आज अवतरण हुन नसकेपछि विमान आकाशमै हुँदा यात्रुहरुको रुवाबासी चलेको एक यात्रु अनमोल प्रधान बताउँछन्।

उनी भन्छन्,‘विमान अवतरण अब होला अब होला भन्दाभन्दै विमान अवतरण हुन सकेन। विमानमा यात्रुहरु रुन र कराउन थालेका थिए। जसका कारण नडराएका मानिसहरु पनि आत्तिन थाले। केही मानिस बेहोस भएका थिए।’

उनी रुँदै भन्छन्,‘हामीले हाम्रो ज्यान जोगिन्छ भनेर आशा मारिसकेका थियौं। विमान अवतरण हुनेबेला त्यहाँ तल दम्कल, आर्मी प्रहरी तयारी अवस्थामा देख्दा ज्यान जान्छ भन्ने सोचेका थियौं। हामीलाई भगवानले मात्र बचाएको जस्तो लाग्छ। भगवान पशुपति नाथको कृपाले बाँच्यौं। हामी सबै हात जोडेर भगवान सम्झिँदै बसिरहेका थियौं।’

Leave a Reply

Your email address will not be published.