Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
बाबुरामले बोल्दा विचार नै नगरी एमालेलाई सिधैं यसो भनेपछि भड्किए देशभरका एमालेहरु, बने आक्रोशित ! – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

बाबुरामले बोल्दा विचार नै नगरी एमालेलाई सिधैं यसो भनेपछि भड्किए देशभरका एमालेहरु, बने आक्रोशित !

असोज ११ काठमाण्डौ/   पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई दिएको. सुझावले एमाले नेताकार्यकर्ताहरुले रोस प्रकट गरेका हुन् । उनले एमाले सांसदहरुलाई संसद्‍बाट राजीनामा गरेर जनतामा जान भनेपछि नेताकार्यकर्ताहरु सामाजिक सञ्जालमा भड्किएका हुन् ।

प्रतिनिधिसभामा निरन्तर अवरोधका बीच बजेटसँग सम्बन्धित विधेयक पारित भएपछि सोमबार संसद् भवनबाट बाहिरिने क्रममा भट्टराईले एमालेलाई भने, ’मैले दोस्रो संविधानसभामा २०७२ सालमा पार्टी छोडिसकेपछि तुरुन्त राजीनाममा दिएको थिएँ । उहाँहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताको बीचमा जानुपर्छ ।’

सरकारको नेतृत्वमा हुँदा संसद् विघटन गरेको र अहिले संसद् अवरुद्ध गरिरहेको भन्दै भट्टराईले उक्त सुझाव दिएका हुन् । एमालेले संसद्‍मा लगाएका नाराबारे पनिभट्टराईले आपत्ति जनाए ।

’जसले संविधान विपरीत गएर संसद् दुई–दुई चोटी विघटन ग¥यो उसैले संवैधानिक सर्वोच्चता कायम गर भन्ने ? सर्वोच्चको फैसला मान्दिनँ भन्ने अनि संवैधानिक सर्वोच्चता ? जुन संसद् विघटन गरेको छ त्यो संसद्‍मा संसदीय मर्यादा कायम गर भन्ने ?,’ उनले प्रश्‍न गरेका थिए ।

त्यस्तै, सरकारले लगानी गर्नका लागि स्रोत नखोज्ने नीतिको विरोधमा पनि एमालेका सांसदहरुले नारावाजी गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले बजेटसँग सम्बन्धित अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने क्रममा लगानी गर्नेको स्रोत नखोज्ने नीति सार्वजनिक गरेका थिए । उक्त नीतिको एमालेले विरोध गरिरहेको छ ।

भट्टराईले भने सरकारको उक्त नीतिको बचाउ गर्दै भने, ’कालो धन वैधानिक त हुनुप¥यो नि । कालो धनलाई कालै राख्ने त ? यहाँ त अवैध धन, कालो धन राखेर कालै काम गर्ने प्रवृति छ ।’ कालो, सेतो जस्तो धन भए पनि उत्पादनमूलक काममा लगाएर रोजगारी सिर्जना गर्नुपर्ने राम्रो निर्णय भएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.