Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
अन्तत :आफूले गर्न नहुने काम गरेको प्रचण्डद्धारा स्वीकार – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

अन्तत :आफूले गर्न नहुने काम गरेको प्रचण्डद्धारा स्वीकार

असोज ११ काठमान्डौ/   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गर्न नहुने काम गरेको स्वीकार गरेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नु अपराध सरह रहेको स्वीकार गरेको हो ।

आज बसेको स्थायी कमिटी बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशफिर्ता नभएसम्म मन्त्रिपरिषद विस्तार नगर्ने निर्णय गर्दै आफ्नो एमाले बिभाजनका लागि ल्याइएको अध्यादेश गलत रहेको स्वीकार गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिन अस्वीकार गरेपछि माओवादीले अध्यादेश फिर्तालाई बटमलाइन बनाएको हो । सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवालाई धम्की दिनकै लागि माओवादीले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published.