Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
प्रचण्डले यति चाडैं देउवालाई यस्तो प्रस्ताव राख्छन् भनेर कसले पो सोचेको थियो होला र ? अब गठबन्धनको हविगत के होला त ? – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

प्रचण्डले यति चाडैं देउवालाई यस्तो प्रस्ताव राख्छन् भनेर कसले पो सोचेको थियो होला र ? अब गठबन्धनको हविगत के होला त ?

असोज ११ काठमाण्डौ/   शेरबहादुर देउवा नेतृत्वको सरकार यतिबेला आलोचित भइरहेको छ । नेकपा माओवादी केन्द्र लगायत दलका कारण देउवा सरकार आलोचित भइरहेको विश्लेषकहरु बताउन थालेका हुन् ।

सरकारको चाबी लिएर बसेका सत्तासझादार प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई कसैले कल्पनै नगरेको प्रस्ताव राखेका छन् ।

सरकार बनेको झण्डै ३ महिना हुन लाग्दा समेत पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेर लाचार बने पछि अब वार की पार गर्नै पर्ने मुडमा प्रचण्ड पुगेका छन्। देउवा सँग प्रचण्डको सम्बन्धमा चिसो पन आएको चर्चा चलेको बेला आएको कुराले देउवा पनि झस्किएका छन् ।

सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिमण्डल बिस्तारवारे छलफल हुँदै थियो । बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशका विषयमा चर्को विवाद भयो ।

बैठकमा भदौ २ गते जारी राजनीतिक दलसम्बन्धी अध्यादेशलाई कसरी टुंग्याउने भन्नेबारेमै छलफल केन्द्रित रहेको बताइन्छ । ‘त्यसमा प्रधानमन्त्रीले नै विशेष पहल गर्नुपर्ने र माधवजीहरुलाई विश्वास दिलाउनुपर्ने,’भन्दै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो धारणा राखे ।

उनले अध्यादेशलाई छिट्टै फिर्ता लिएर भए पनि अहिलेको अन्योलको ‘च्याप्टर क्लोज्ड’ गर्नुपर्ने बताए । प्रधानमन्त्रीमु दाहालले राखेका धारणा उद्धृत गर्दै स्रोत भन्यो, ‘अब सरकार बिस्तारमा धेरै दिन अल्मलिन भएन । यस्तै हो र दुई वा तीन दिनभित्र मन्त्रिमण्डल बिस्तार नभएमा हाम्रा दुई जना मन्त्री फिर्ता गर्छौं, तर सरकारलाई समर्थन भने गरिहने छौं ।’

प्रधानमन्त्रीले सँधै कुरो सार्ने गरेपछि एक जना नेताले शेरबहादुरको सट्टा तपाईंको नाम ‘सारबहादुर’ बन्ने खतरा रहेको भनेर हँसिमजाक समेत गरेका थिए । दाहाललगायत नेताले आफ्ना धारणा राखेपछि प्रधानमन्त्रीले देउवाले जवाफमा ‘पख्नुस्’ भनेका थिए ।

प्रधानमन्त्रीको “पख्नुस्”को रहस्य खोल्दै स्रोत भन्छ, ‘पश्चिमतिरको एउटा ज्योतिषले देउवालाई असोज महिना यस्तै तरिकाले कटाउनुस् भनेकाले मन्त्रिमण्डल बिस्तारमा आलटाल गर्नुभएको आशंका छ ।’

ज्योतिषले ९० दिनको खड्गो कटाएपछि मन्त्रिमण्डल बिस्तार गर्दा हुने आशयको सुझाव दिएको चर्चा छ ।प्रधानमन्त्री ज्योतिषशास्त्रमा निकै विश्वास राख्ने पात्र हुन् । उनीले राजनीतिक अप्ठेरो परेको बेला ज्योतिष देखाएर निर्णय गर्दै आएका छन् ।

यसपटकसमेत उक्त ‘तत्व’ ले काम गरेको हुनसक्छ । यद्यपि भोलि पर्सि नै केही मन्त्री थपिने सम्भावना पनि उत्तिकै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्ति शुक्रबार उक्त अध्यादेशको बारेमा एक किसिमले बोलिसकेकाले मन्त्रिमण्डल बिस्तारबारे आजै टुंग्याउनुपर्ने नेताहरुको माग थियो ।

आज बैठकमा नेताहरुले कुन कुन मन्त्रालय कुन पार्टीलाई र तिनका को–कोले सपथ ग्रहण गर्ने भन्नेबार छिट्टै टुंग्याउँ भन्दा प्रधानमन्त्रीले ‘अहँ’ भनेका थिए । ‘पश्चिमतिरको एउटा ज्योतिषले देउवालाई असोज महिना यस्तै तरिकाले कटाउनुस् भनेकाले मन्त्रिमण्डल बिस्तारमा आलटाल गर्नुभएको आशंका छ ।’ श्रोतले भन्यो ।

एकचोटी उनले सल्लाह गरौंलासम्म भनेको बताइन्छ । बैठकमा प्रधानमन्त्रीले सँधै कुरो सार्ने गरेपछि एक जना नेताले शेरबहादुरको सट्टा तपाईंको नाम ‘सारबहादुर’ बन्ने खतरा रहेको भनेर हँसिमजाकसमेत गरेका थिए ।

बैठकमा अरु सबै दलका शीर्ष नेता उपस्थित भए पनि जसपा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित थिए । उनको सट्टा डा। बाबुराम भट्टराई र महेन्द्र यादव गएका थिए । जसपाले आज पनि अध्यादेश फिर्ता लिन आग्रह गरेको छ ।

तर,अध्यादेश फिर्ता लिँदा कानुनी प्रक्रियामा गडबड हुन्छ कि भन्नेमा नेकपा एकीकृत समाजवादीका नेताहरुको चासो देखिन्छ । तर यसअघिका सरकारले जारी गरेका कतिपय अध्यादेश फिर्ता लिँदा त्यसबीच भएका नियुक्ति र कानुनी कुराहरुले वैधानिकता पाएको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published.