Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
अब विद्यार्थी संगठनले लिपुलेकको मुद्दा उठाउनुपर्छः नारायणकाजी श्रेष्ठ – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

अब विद्यार्थी संगठनले लिपुलेकको मुद्दा उठाउनुपर्छः नारायणकाजी श्रेष्ठ

असोज ११ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विद्यार्थी संगठनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय उठाउनुपर्ने बताएका छन् ।

सोमबार भक्तरपुरको सल्लाघारीमा पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को वागमती प्रदेश स्तरीय भेलामा उनले विद्यार्थी संगठनले राष्ट्रियताको मुद्दा उठाउनुपर्ने बताए ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापनीका समस्या उठाउनु विद्यार्थी संगठनहरुको कर्तव्य र दायित्व हो’ उनले भने ।

कार्यक्रममा माओवादी क्रेन्द्रका नेता हितमान शाक्य, नारायण दाहाल र दिलिप प्रजापति, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, रत्न ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, महासचिव उत्तम अधिकारीलगायतका नेताले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.