Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
मलेसिया सरकारको अर्को घोषणा, मलेसिया प्रवेशको लागी ल्यायो यस्तो नियम – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

मलेसिया सरकारको अर्को घोषणा, मलेसिया प्रवेशको लागी ल्यायो यस्तो नियम

असोज ११  क्वालालम्पुर (मलेसिया):= मलेसियाको भिसा प्राप्त गरिसकेका, भिसाको अवधी बाँकीनै रहेका तर कोरोनाको कारण मलेसिया प्रवेश गर्न नपाएका नेपाली श्रमिक लगायतको मानिसहरु अन्ततः मलेसिया प्रवेश गर्न पाउने भएका छ्न। नेपालको काठमाडौं स्थित मलेसियन दूतावासले एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ को संक्रमण फैलिन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै मलेसिया आउने श्रमिकको हकमा केहि विशेष प्रावधानहरु भने लागु गरिएको स्पष्ट पारेको छ।

भिसा प्राप्त गरेर भिसाको अवधी समाप्त नभएका , मलेसियाको विशेष भिसा प्राप्त गरेका , ब्यापारिक,ब्यावसायीक भिसा भएका मलेसिया आउन चाहने नेपालीहरुले मलेसियाली अध्यागमन कार्यालय (इमिग्रेशन) को माइ ट्राभल पास/माई ईन्ट्री (https://www.imi.gov.my/) मार्फत दर्ता गरेको र अध्यागमन बिभागबाट अनुमति प्राप्त गरेको हुनु पर्नेछ।

त्यस्तै मलेसियाको वैधानिक भिसा प्राप्त गरिसकेको र भिसाको अवधी नसकिएको हुनुपर्नेछ्। विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र प्रमाणपत्र समेत साथमा हुनुपर्नेछ्। कोभिडको परीक्षण गरिएको नेगेटीभ रिपोर्ट पनि साथमा हुनुपर्नेछ । यसैगरी मलेसिया आईपुगेपछि मलेसिया सरकारले तोके अनुसारको होटेल क्वारेण्टीनमा बस्नुपर्नेहुन्छ। क्वारेन्टाइन सम्बन्धि जानकारीको लागी

https://covid-19.moh.gov.my/ मार्फत बुझ्न र सहयोग लिन सकिने त्यस्तै भिसा लगायतका अन्य विषयमा कुनै कुरा बुझ्नु परेमा, जानकारी लिनुपरेमा kathmandu@imi.gov.my मा ईमेल गरेर अथवा +९७७१५४४५६८९ मा फोन गरेर बुझ्न सकिने मलेसियालि दूतावासले जनाएको छ । मलेसियाले नेपालीसंगै नयाँ विदेशी कामदारहरुको लागी भने डिसेम्बर महिनासम्मलाई नयाँ श्रमिकहरुलाई भर्ना नलिने बताईसकेको छ। त्यस् पश्चात् पनि मलेसिया आउन खोज्ने नयाँ श्रमिकको लागी मलेसिया रोजगारी खुल्ने कि नखुल्ने कुनै ग्यारेन्टी नरहेको , अन्यौलतानै रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published.