Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
यसरी अब आईपीओ पर्ने सम्भावना बढ्यो, हेर्नुहोस् ? – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

यसरी अब आईपीओ पर्ने सम्भावना बढ्यो, हेर्नुहोस् ?

असोज १३ गते काठमाडौं। पछिल्लाे समय अर्काकाे नामबाट आईपीओ भर्ने गरेकाे गुनासाे बढ्न थालेपछि धितोपत्र बोर्डले अरूको नामबाट आईपीओ भर्ने कार्य बन्द गर्ने गरी काम अगाडि बढाएको छ । जसले गर्दा आइपिओ पर्ने सम्भावना बढ्नेछ ।

शेयर लगानीकर्ताहरूको सहजताका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन माध्यमबाट केवाईसी अर्थात आफ्नो व्यक्तिगत विवरण दर्ता गराउने प्रणाली सुरु गर्ने भएको छ । शेयर लगानीकर्ताहरूले केवाईसी दर्ता गर्न विभिन्न बैंक तथा संस्थासम्म धाउनु नपर्ने गरी सीडीएससीले यस्तो सिस्टम विकास गर्न थालेको हो ।

त्यसो त नेपाल धितोपत्र बोर्डले गत मंसिरमा दिएको स्वीकृति पश्चात सीडीएससीले यसको तयारी थालेको थियो । सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने सेन्ट्रलाइज्ड अथवा ई – केवाईसीको कार्यन्वयनले सेवाग्राहीलाई सहजता दिनुका साथै शेयर बजारमा गैरकानुनी रुपमा एक जनाले धेरैको नाममा साधारण शेयर ( आईपीओ ) को आवेदन दिने प्रवृत्तिमा रोक लगाउन सकिने बताए ।

यो प्रणाली कार्यान्वयनमा आएपश्चात लगानीकर्तालाई केवाईसी भर्न कै लागि बैंकहरूमा धाउनु पर्ने छैन ।साथै यसले लगानीकर्ताको विवरण केन्द्रीकरण गर्न पनि सहयोग गर्छ , ‘ उनले भने , लगानीकर्ताको विवरण सहजै संकलन गर्न हामीलई पनि सहज हुन्छ ।

उनका अनुसार केवाईसीबाट लगानीकर्ताको विवरण संकलन गर्दा शेयर कसले भरेको हो र कहाँबाट भरेको हो भन्ने जानकारी प्राप्त हुने भएकाले एकै जनाले धेरै जनाको नाममा आईपीओ भर्ने प्रवृत्ति नियन्त्रण हुनेछ ।

त्यस्तै केवाईसीको आधारमा लगानीकर्ताको आम्दानीको स्रोत पनि पत्ता लाग्ने हुदाँ गैरकानूनी रुपमा कमाएको पैसा शेयर बजारमा लगानी हुनबाट पनि रोक लाग्ने सीडीएससीको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published.