Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
भावुक हुँदै प्रचण्डले भने- चन्द्रशेखरको जस्तै आ’त्मह’त्या गर्ने सोच आयो (भिडिओ सहित ) – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

भावुक हुँदै प्रचण्डले भने- चन्द्रशेखरको जस्तै आ’त्मह’त्या गर्ने सोच आयो (भिडिओ सहित )

असोज १४ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आ’त्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्ड पटक-पटक भक्कानिँदै रुन खोजे । उनले भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आ’त्महत्या गरेको प्रसंग सुनाउँदै आफू पनि त्यस्तै मोडमा पुगेको बताए ।

प्रचण्डले भक्कानिँदै भने, ‘क्रान्तिको ऋण त मेरै शीरमाथि थियो । म यस्तो मोडमा पुगेँ कि प्रतिक्रान्तिसँग आत्मसर्पण गर्नुभन्दा त आ’त्महत्या गर्नु ठीक हो । आ’त्महत्या भनेको चाहिँ सबै गलत हुँदैन है साथी हो माक्र्सका ज्वाइँ छोरीहरुले सुसाइड गरेको कथा तपाईहरुले पढ्नुभयो होला ।

सुसाइड सबै गलत हुँदैनन् । म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ । तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने,जेल जानुपर्छ जाने,मारिनु पर्छ भने पनि तयार हुने भनेर प्रतिक्रान्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछिको आन्दोलन ।’

‘ओलीलाई पार्टीबाट निकाल्दा हस्ताक्षर गर्ने १० भाइले मलाई एमाले फुटाएको भन्न मिल्छ ?’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमाले फुटाए भन्ने आरोपको स्पष्टिकरण दिएका छन् ।
तत्कालिन अवस्थामा माधवकुमार नेपालको समूहमा रहेका १० स्थायी कमिटी सदस्यहरूले पछिल्लो समय आफूलाई एमाले विभाजन गराएको भनेर लगाएको आरोप सही नभएको उनको भनाइ थियो ।

अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निस्कासन गर्न हस्ताक्षर गर्ने नेताहरूले आफूलाई गलत आरोप लगाएको स्पष्टिकरण दिएका हुन् ।

‘अस्तिसम्म मलाई दह्रोसँग उभिनुस् कमरेड, तपाईंको पछाडि हामी छौं भन्ने गर्नुहुन्थ्यो । केपी ओली तानाशाह नै हो, अपराधी नै हो भन्नुहुन्थ्यो, ती १० भाइ छन् नि । अहिले त लुत्रुक्क परेर प्रचण्डले एमाले फुटाउन खोजेको रे !,’ दाहालले भने, ‘मलाई गाली ! हैन उहाँहरू पनि बसेर केपी ओलीलाई पार्टीबाट निकालेको होइन ?

केपी ओलीलाई निकाल्ने बेलामा त १० भाइ पनि थिए केन्द्रीय कमिटीमा । पार्टीबाट निकाल्न सही गरेका छन् । उनीहरूको सही गरेको माइन्युट नै छ । अनि मैले एमाले फुटाएको भन्न मिल्छ त ?’

आफूले नै हस्ताक्षर गरेर ओलीलाई पार्टीबाट निकाल्ने र अहिले आफूलाई एमाले विभाजन गर्‍यो भनेर आरोप लगाउनु ठीक नभएको दाहालको भनाइ थियो । त्यस्तो भन्दा ताली पिट्नेहरूलाई देखेर आफू हैरान भएको दाहालको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.