तीन करोड नेपालीको मन जित्न सफल कुलमान घिसिङमा घमण्ड बड्यो: टेलेभिजन व्यावसायी

असोज १५ / काठमाडौं नेपाल के ३ करोड नेपालीको आशिर्वाद पाएका घिसिङ घमण्डी भएकै हुन त?केवल टेलिभिजन व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङमा दम्भ बढेको आरोप लगाएका छन्।
बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभा´वका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरूले घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि द`म्भ बढेको बताए|
व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरूलाई मारमा पर्ने गरेर नीति ल्याएको आरोप लगाए। सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पी-डित रहेको भन्दै व्यवसायीहरूले सबैको हित हुनेगरी नीति निर्माण गर्न सुझाएका छन।
आफूले उठाएका माग सम्बोधन गर्नुपर्ने अडानमा रहेका व्यवसायीहरूले सरोकारवाला निकायसँग छलफल नै नगरी सरकारले एकोहोरो नीति ल्याएको आरोप लगाएका छन्।उनीहरूले विद्युत् प्राधिकरणले पोलको भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए।
विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको प्राधिकरणको विरोध गरेका छन्। प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरूले तिर्न नसक्ने र तार काटिएमा घर–घरमा टेलिभिजन प्रसारण नहुने उनीहरूको भनाइ छ।
विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरूले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन्। केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरू उपस्थित भएका छन्।
व्यवसायीहरूले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धरापमा पर्न लागेको भन्दै आफूहरु बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन्। ‘ईमेज खबर’बाट साभार