Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
एमसीसी सम्झौता हजार गुणा राष्ट्रहितमा छ : कमल थापा – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

एमसीसी सम्झौता हजार गुणा राष्ट्रहितमा छ : कमल थापा

असोज १६ काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता राष्ट्रहितमा रहेको दाबी गरेका छन् । आफूलाई सच्च राष्ट्रवादी बताउँदै थापाले एमसीसी पनि त्यहि अनुकूलको सम्झौता भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

एमसीसी सम्झौताको बिरोध गर्नेहरुलाई बेबकुफको संज्ञा दिँदै थापाले उनीहरुले देशलाई नोक्सान पारेको आरोप लगाएका छन् । एमसीसी पारित हुने विश्वासका साथ राप्रपा अध्यक्ष थापाले उक्त सम्झौता कार्यान्वयनमा आएपछि अहिले बिरोध गर्नेहरु नाङ्गिने समेत दाबी गरेका छन् ।

“अहिले एमसीसीको बिरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिने छन् । कसरी राष्ट्रवादको ढोल पिटेर जनतालाई बेबकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेका रहेछन्,स्पष्ट हुनेछ ।”

थापाले लेखेका छन्, ‘मन,वचन र कर्मले देशलाई माया गर्ने राष्ट्रवादी भएको हुँदा एक पटक होइन, हजार पटक भन्न सक्छु कि एमसीसी नेपालको हितमा छ । अहिले एमसीसीको बिरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिने छन् । कसरी राष्ट्रवादको ढोल पिटेर जनतालाई बेबकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेका रहेछन्, स्पष्ट हुनेछ ।

Leave a Reply

Your email address will not be published.