Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; general_setting_default_fb_thumb has a deprecated constructor in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/_facebook-thumb-fixer.php on line 85

Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; general_setting_fb_app_ID has a deprecated constructor in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/_facebook-thumb-fixer.php on line 159

Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; general_setting_object_type has a deprecated constructor in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/_facebook-thumb-fixer.php on line 180

Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
कतार सरकारले लागू गर्यो यस्तो नियम अब सबैले अनियार्य पालना गर्नुपर्ने – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

कतार सरकारले लागू गर्यो यस्तो नियम अब सबैले अनियार्य पालना गर्नुपर्ने

असोज १९ काठमाण्नेडौ/ पाल सहित ९ देशका खोप नलगाएका यात्रुहरुले कतार फर्कदा अब ७ दिन मात्रै होटेल क्वारेन्टाइन बसेपुग्ने भएको छ ।

बुधबार ,अक्टोबर ६ देखि लागू हुनेगरी कतारी आईडी भएका र नयाँ भिसामा खोप नलगाई आउने व्यक्ती कतार आइसकेपछि ७ दिन मात्रै क्वारेन्टाइन बस्नुपर्ने नयाँ नियम यहाँको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको छ।

यसअघि कतार फर्कदा १० दिन सम्म क्वारेन्टाइन बस्नुपर्ने नियम थियो ।यद्यपि खोप नलगाई भिजिट भिसामा आउने व्यक्तिहरुले भने अझै पनि कतार प्रवेश गर्न पाउने छैनन् ।

त्यस्तै कतार भित्र वा बाहिर कतार सरकारले मान्यता दिएको खोप लगाएका व्यक्तिहरु कतार फर्कदा दुई दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने छ । साथै ७२ घन्टा भित्रको नेगेटिभ पिसिआर नतिजा पनि आवश्यक रहेको छ ।
कतार सरकारले मान्यता दिएको खोप :फाइजर /बायोनटेक मोडर्ना एस्ट्राजेनेका जोनसन कतार आइसकेपछी एन्टिबडी जाँच गर्नुपर्ने खोप भे रोसेल सिनोभ्याक स्पुतनिक भि Qnkhabar बाट साभार

यो पनि पढ्नुहोस् : वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहदा विभिन्न कारणले अलपत्र परेका,बेवारिसे अवस्थामा रहेका चारजना नेपाली श्रमिकहरुको उद्दार गरि स्वदेश फर्काइएको छ।

मलेसिया स्थित नेपाली राजदूतावास , गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया , जनउद्दार केन्द्र पेनाङ मलेसिया , म्याग्दी मुना समाज मलेसिया लगायतको संघसंस्थाको सहयोग र समन्वयमा मलेसियामा बिगत लामो समयदेखि अलपत्र,बेवारिसे अवस्थामा रहनुभएका चारजना नेपाली श्रमिकहरुलाई उद्दार गरि आज शनिबार ०६:१५ बजे भएको हिमालयन एयरलाइन्सको उडानमार्फत स्वदेश फर्काइएको हो।

स्वदेश फर्किनेहरुमा नेपाल ठेगाना पिपल-७ म्याग्दी निवासी रमेश बहादुर खत्री , तौलिहवा-७ कपिलवस्तु निवासी राम प्रसाद राईदास , लालबन्दी-४ सर्लाही निवासी मुकेश पाख्रिन र सल्यान जिल्ला निवासी सम्झना बुढा रहेको नेपाली दूतावास क्वालालम्पुर मलेसियाको जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले जानकारी दिनुभयो।

स्वदेश फर्किने चारजना मध्य तीनजना नेपालीहरु अवैधानिक हैसियतमा काम गर्दै आएका थिए भने एकजना नेपाली महिला चाहिँ वैधानिक हैसियतमै कम्पनीमा कार्यरत रह्दै आएका थिए।

रमेश बहादुर खत्रीलाई स्वदेश फर्किनको लागी आवश्यक पर्ने हवाई टिकट एनआरएनए मलेसियाले सहयोग गरेका हुन् भने, मलेसियाली अध्यागमन बिभाग (इमिग्रेशन) मा बुझाउनुपर्ने जरिवाना बापत्तको रकम आरएम ५ सय रिङ्गेट र कोरोना पिसिआर परिक्षण गराए बापत्त आरएम ३ सय रिंगेट म्याग्दी मुना समाजले तिरिदिएर सहयोग गरेको अधिकृत बुढाले बताउनुभयो।

जानकारी अनुसार खत्री बिगत ११ बर्षदेखि मलेसियामा अवैधानिक हैसियतमा कार्यरत रहेका थिए। गएको महिना सेप्टेम्बर ९ तारिख बुकितजलिलमा कोरोना भ्याक्सिन लगाएर रुम फर्किएको सोही राती खत्रीले मदिरा सेवन गरेर सुतेका थिए। तर भोलिपल्ट अच्चानक आँखा देख्न नसकिनेगरि सिकिस्त बिरामी परेको, त्यसपश्चात् औषधि उपचारको लागी अस्पतालमा जादा डाक्टरले चेकजाँच गरिसकेपछि बिषालु ह्विस्की (रक्सी) सेवन गरेको कारण खत्रीको यस्तो अवस्था भएको बताए। डाक्टरले बताए अनुसार खत्री आँखा देख्न नसक्ने भएका हुन्।

खत्रीलाई नेपाल फर्काउन अस्पतालमा उपचाररत रहदा तिर्नुपर्ने बाँकी रहेको उपचारखर्च (बिल) चाहिँ दूतावासलेनै ब्यहोरेको साथै खत्रीलाई होम सेन्टरमा खाने,बस्ने ब्यवस्था पनि दूतावासलेनै गरेको अधिकृत बुढाले बताउनुभयो।

त्यस्तै बिगत ३ बर्षदेखि अवैधानिक हैसियतमा काम गर्दै आएका तर दुईटै खुट्टा भाचिएर बिरामी परेका राम प्रसाद राईदासलाई पनि स्वदेश फर्काइएको हो।

जानकारी अनुसार राईदाससंगै काम गर्ने अन्य अवैधानिक नेपालीहरुले मिलेर राती कोठामा सुतिरहेको बेलामा तीनतल्ला माथीबाट जमिनमा फाल्देको कारण खुट्टा भाचिएको जानकारी प्राप्त भएको हो।

खुट्टा भाचिएको राईदासलाई नेपाल फर्कनलाई आवश्यक पर्ने हवाई टिकट एनआरएनए मलेसियाले सहयोग गरेको, त्यस्तै कोरोना सम्बन्धि पिसिआर परिक्षण र जरिवाना बापत्तको रकम आरएम ५ सय रिंगेट दूतावासलेनै तिरिदिएको अधिकृत बुढाले बताउनुभयो।

त्यस्तै मलेसियामै बिगत ३ बर्षदेखि अवैधानिक हैसियतमा काम गर्दै आएका नेपाली श्रमिक कुष्ठ रोगबाट ग्रसित मुकेश पाख्रिनलाई पनि स्वदेश फर्काइएको हो।

मुकेशलाई नेपाल फर्किन आवश्यक पर्ने हवाई टिकट त्यस्तै अध्यागमनलाई बुझाउनुपर्ने जरिवाना बापत्तको रकम आरएम ५ सय रिंगेट र कोरोना सम्बन्धि पिसिआर परिक्षण गराए बापत्त लागेको आरएम ३ सय रिंगेट रकम खर्च लगायत सम्पुर्ण खर्च पनि एनआरएनए मलेसियालेनै सहयोग गरेको,तिरिदिएको अधिकृत बुढाले बताउनुभयो।

त्यस्तै बिगत ३ बर्षदेखि वैधानिक हैसियतमै रहेर एक कम्पनीमा कम गर्दै आएका तर सिकिस्त बिरामी पर्दासम्म पनि रोजगारदाता कम्पनीले स्वदेश फर्काउन नमानेका नेपाली महिला श्रमिक सम्झना बुढालाई समेत उद्दार गरि स्वदेश फर्काइएको हो।

श्रमिक सम्झना बुढा बिगत कैयौं महिनादेखि बोल्न नसक्ने र हात पनि नचल्ने भएर सिकिस्त बिरामी परेका थिए। तर कम्पनीले स्वदेश फर्काउन आनाकानी गर्दै आएका थिए। सम्झनाको नाजुक अवस्थाबारे जानकारी पाए लगत्तै सामाजिक कल्याण संघ जनउद्दार केन्द्र मलेसिया र दूतावासले समन्वय गरि उद्दार गरेर स्वदेश फर्काइएको अधिकृत बुढाले बताउनुभयो।

उद्दार गरिएका चारजना नेपालीहरुलाई सहज रुपले सकुशल स्वदेश फर्काउन मलेसिया क्वालालम्पुर स्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासको तर्फबाट कर्मचारीहरु टेक बहादुर बुढा , श्यामसुन्दर क्ष्रेष्ठ , सन्दीप पाण्डे , डोर बहादुर थापा त्यस्तै एनआरएनए मलेसियाको तर्फबाट स्वयंसेवक गोविन्द घर्ती मगर र म्याग्दी मुना समाज मलेसियाको अध्यक्ष लगायतको समाजसेवी पदाधिकारीहरु विमानस्थलमा पुग्नुभएको थियो।

Leave a Reply

Your email address will not be published.