Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
यस्ता ब्यक्तिहरु मात्रै मलेसिया रोजगारका लागि योग्य, हेर्नुस विवरण ! – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

यस्ता ब्यक्तिहरु मात्रै मलेसिया रोजगारका लागि योग्य, हेर्नुस विवरण !

असोज १९ काठमाण्मडौ/ लेसियामा लामो समयदेखि जारी आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो भएको छ । पछिल्लोपटक मलेसियन सरकारले कोभिड-१९ नियन्त्रण गर्ने हेतुले जारी गरेको नेसनल रिकभरी प्लान (पिपिएन) अन्तर्गत नेपाल लगायतका पाँच देशका आप्रवासीहरुलाई प्रवेश खुला गरेको हो ।

कुन देश र कस्ता ब्यक्ति मलेसिया जान पाउछन् ? मलेसिया सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकासहित पाँच देशहरूलाई मलेसिया प्रवेश दिने भएको हो । आवागमन अनुमति दिईएसंगै मलेसियाको दिर्घकालिन भिषा भएर पनि मलेसिया जान नपाएका, मलेसियामा बसोबास गर्ने स्थायी आप्रवासी, मलेसिया सरकारले भिषा जारी गरेका नेपालीहरु मलेसिया जान पाउनेछन् ।

मलेसियामा जाने विदेशी आगन्तुकहरुले मलेसिया प्रवेश गर्नको लागी पूर्ण खोपको मात्रा लगाएको खोप प्रमाणपत्र, मलेसियामा बुकिङ गरिएको होटल क्वारेन्टाइन लगायत मलेसियन स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

त्यस्तै, मलेसियाको सरकारले १० सेप्टेम्बरदेखि आवागमन खुकुलो पार्ने गरी अगाडि बढेकोछ । मलेसियका प्रधानमन्त्री दातुकसेरी इस्माइल सब्रि याकुबले “नेसनल रिकभरी प्लान” (पिपिएन) सार्वजनिक गरेर कोभिड-१९ बाट बिस्तारै सामान्य जनजीवनमा फर्किने योजना लागु गरिसकेका छन् ।

उक्त प्लान अन्तर्गत यदि कोबिड–१९ बिरुद्धको दुबै खोप लगाएको छ भने रेष्टुरेन्टमा बसेर खाना पनि खान पाइनेछ भने बजारमा किनमेल गर्न पनि पाइनेछ । जसअनुसार मलेसियाका विभिन्न राज्यमा मानिसको चहलपहल सुरु भएको देखिन्छ ।

मलेसियामा बयष्कहरुमध्येमा ५० प्रतिशतले दुबै खोप लगाएकोले यो सुबिधा थपिएको हो । अगस्ट ३१ तारिखसम्म लक्ष्य राखिएको भएता पनि सोचेको समयभन्दा चाडै कार्यसम्पन्न भएकोले सरकारले नयाँ कार्यक्रम ल्याएको बताएको छ ।

सरकारले फेज १, फेज २, फेज ३, फेज ४ गरि चार वटा सुधार योजना ल्याइएकोमा अब दुबै खोप लगाउने जो सुकैले जुनसुकै फेजमा भएता पनि बाहिर हिडडुल गर्ने, रेष्टुरेन्टमा बसेर खाना खान पाउनेछन् ।

मलेसिया सरकारले कोबिडको कारणले देशमा नागरिकहरुलाई सकेसम्म सुरक्षित राख्न लकडाउन लगाएको बताएको छ । मलेसियामा अहिले दैनिक झन्डै ४ लाख नागरिकले खोप लगाईरहेका छन् । जुन बिश्वमै उत्कृष्ट मध्येमा एक हो ।

पछिल्लोपटक कोरोनाको दोस्रो लहरको ठुलो मारमा रहेको मलेसियामा अझैपनि दैनिक करिब १० अौं हजार संक्रमित र सो भन्दाबढीले स्वास्थ्य लाभ गर्दै आएको तथ्यांकले देखाउछ । यद्यपि केही दिनदेखि भने मलेसियामा खोप लगाउनेको सङ्ख्या धेरै बढेकोले कोभिड-१९ नियन्त्रण सहज हुने देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् ।

मलेसियामा बस्ने विदेशि नागकिरहरुले पनि बिना विभेद खोप पाउने भएकोले सरकारले बारम्बार सबैले खोप लगाउन अनुरोध गरिरहेको छ । अबैधानिक हैसियतमा रहेका नागरिकहरुले पनि कुनै पनि डकुमेन्ट बैधानिक प्रमाणपत्र बिना खोप लगाउन पाईरहेका छन् ।

यो पनि :

कतारले आफ्नो देशमा आउने बिदेशीहरुलाई लागु हुने यात्रा नीति परिवर्तन गरेको छ । कतारको नयाँ नीति अनुसार खोप लगाएर आएपनि विदेशी पर्यटकहरुले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम सहितको नीति लिएको छ ।

कतार सरकारको नयाँ नीतिसँगै अब खोप लगाएकाहरुले कतारमा १० दिने होटल क्वारेन्टाइन बस्नु पर्दैन, २ दिन मात्र बसे पुग्छ ।

नयाँ नीति अनुसार २ दिन होटल क्वारेन्टाइनमा बसेकाहरुले होटल छाड्नुअघि अनिवार्य पीसीआर परीक्षण रिपोर्ट भने पेस गर्नु पर्नेछ । रिपोर्टमा नेगेटिभ देखिए वा एण्टिबडी टेस्टमा पोजिटिभ देखिए मात्रै निर्वाध हिँडडुल गर्न दिइने हामद मेडिकल कर्पोरेशनले जनाएको छ ।

नयाँ नियम कतार बाहिरबाट यहाँको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको खोपहरू लगाएका आफ्ना नागरिकमा पनि लागु हुने कर्पोरेशनले जनाएको छ । कतारले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई उच्च जोखिम भएका देशहरूको रूपमा वर्गीकृत गरेको छ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप पूर्ण डोज खोप लगाएका र यहाँको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएका नेपालीले कतार प्रवेश गर्दा १० दिने होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटेको छ ।

यो नीति लिने निर्णय भएपनि कहिलेदेखि यो नियम लागू हुन्छ भन्नेबारे उल्लेख गरिएको छैन ।

Leave a Reply

Your email address will not be published.