Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
आज बाँडफाँड हुने बुद्धभुमि नेपाल हाइड्रोपावरको रिजल्ट यी ठाउँ एक छिन मै हेर्न मिल्ने – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

आज बाँडफाँड हुने बुद्धभुमि नेपाल हाइड्रोपावरको रिजल्ट यी ठाउँ एक छिन मै हेर्न मिल्ने

असोज २२ काठमाण्डौ , बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ भोली शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओको प्रअिलटमेन्टको काम बुधबार सकिएको हुँदा शुक्रबार बाँडफाँड गरिने भएको हो ।

उक्त आईपीओकाे बाँडफाँड शुक्रबार बिहान १०:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलकाे कार्यालयमा हुनेछ ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन । यो माग गरिएको भन्दा ३५.६६ गुणा बढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिने छ । १० कित्ताका दरले बाँडफाँड गर्दा ७४ हजार ४ सय जनाले मात्रै कम्पनीको आईपीओ पाउने छन् । आवेदन दिएका मध्ये २० लाख ३७ हजार भन्दा बढीको हात रित्तो हुनेछ ।

You Can Check IPO Result in Mero share CDSC sites: www.iporesult.cdsc.com.np
( You Need to Choose Company & Enter BOID or DMAT number)

2. IPO Result Also Found in respective Capital Merchant Site : www.civilcapital.com
3. You Can Check IPO Result in your Mero share Account
DASHBOARD : www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

Leave a Reply

Your email address will not be published.